रौतहटमा १८ अौं स्थानीय तहका उपमेयर क्लबका संयोजकमा उपमेयर ठाकुर चयन
Advertise Here Book Now







अमित ठाकुर।रौतहट।फागुन ०५ ।रौतहट जिल्लाका सम्पूर्ण स्थानिय निकायका उपप्रमुखहरुको भेलाले गौर नगरपालिका उपप्रमूख किरण ठाकुरको संयोजकत्वमा उपमेयर कल्ब गठन गरेका छन ।
गौर नगरपालिकाको सभाहलमा शनिवार सम्पन बैठकले किरण ठाकुरलाई उपमेयर क्लब रौतहटको संयोजकमा सर्व सहमतिले चैयन गरेका छन ।
उपप्रमुखहरुलाई दिएका अधिकार प्रति दक्ष बनाउन र अधिकार अनुरुप जनपक्षिय कार्य संचालनका लागि विभिन्न किसिमका तालिम संचालनका लागि क्लबले पहल गर्ने निर्णय समेत गरेका छन ।
उक्त बैठकले प्रत्येक स्थानिय तहमा उपप्रमुखको संयोजकत्वमा रहेका न्यायिक समितिलाई तत्कालै पूर्णता दिई व्यस्ति कार्यालय संचालनमा ल्याई सेवा प्रवाह गर्नका लागि प्रत्येक स्थानिय निकायमा उपमेयर क्लबले पहल गर्ने निर्णय समेत गरेका छन ।
उपमेयर क्लबको अगामी बैठक राजपुर नगरपालिकाको कार्यालयमा आउदो फागुन १४ गते गर्ने निर्णय समेत भएको क्लबका संयोजक तथा गौर  नगरपालिकाका उपमेयर किरण ठाकुरले जनाएकी छिन।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्