रौतहटमा गाई र गौरु तस्करी सुरु तल्लो तह देखि माथिल्लो तह सम्म मिलेको संका ।
Advertise Here Book Now



अमित ठाकुर।रौतहट।फागुन ०३।नेपालमा राष्ट्रिय जनावर मध्ये एउटा गाई भएता पनि  रौतहट जिल्लास्थित बिभिन्न नाकाबाट गाई तस्करी सुरु भएका छन। राष्ट्रिय जनावरको नै रौतहटबाट तस्करी सुरु हुन लाग्दा तल्लो तह देखि माथिल्लो तह सम्म मिलेको एक जनाले जनाएको छ। रौतहटको उत्तरी भेगबाट विभिन्न बहानामा थुपै मात्रा गाई गोरु रौतहट ल्याई रौतहटबाट एक दुई दिन रुकी गाई र गोरु तस्करहरुले भारतमा तस्करी गर्ने गर्दछन। गाई र गोरु तस्करीका मेन नायक ईशनाथ नगरपालिकाका लक्ष्मिनिया टोलका शेख लम्बु र सोही नगरपालिकाका मोतिपुर गाउँका शेख मंजारुलले सम्बन्धित निकायलाई महिनामा लाखौं रुपैयाँ खर्च गरि गाई र गोरु तस्करी गराउने गर्दछन। ति दुई जना  तस्करहरुले एक दुई दिन रुकी बढी मात्रा गाई गोरु जम्मा गरि मध्य रातमा रौतहटबाट भारतमा तस्करी गर्ने गर्द छन। ती दुई तस्करहरुले सम्बन्धित सबै नाकाका चौकीका ईन्चार्ज सहित तल्लो तह देखि माथिल्लो तह सम्म पैसा खुवाउने एक जना नाम न खोल्ने उदेश्यले बताएको छ। नेपालको राष्ट्रिय जनावरको रुपमा रहेको गाई जस्तो जनावरको तस्करी भएकोले कही न कही यो देशको लागि ठूलो अपराधको रुप भएको चिनिन्छ। रौतहटमा गाई तस्करी भईरहेको सुचना दिएता पनि सम्बन्धित निकायले समात्न  असफल भएका छन। किन रौतहट प्रहरी मौन बसेका छन। राष्ट्रिय जनावरको गाईको तस्करी गर्नेलाई किन पक्राउ न गरिरहेको प्रहरी संगठन माथि ठुलो प्रशन उठेका छन।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्