शहिदनगरपालिकाको चोराकोयलपुरमा सोलार बितरण
Advertise Here Book Now

नरेशचन्द्र बरबरिया,धनुषा साउन १ गते ।
धनुषाको शहिदनगर नगरपालिकामा लक्ष्यित वर्ग
हरुमा साना सौर्य उर्जा प्रणाली बितरण कार्यक्रम सम्पन्न भएको छ ।सहिदनगर नगरपालिकाको वडा.न.२ को चोराकोयलपरमा अति  बिपन्न दलित  परिवारहरुलाई ११२ थान सोलार बितरण गरिएको हो ।बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको सौर्य उर्जा शाखाको सहयोगमा भएको सौर्य उर्जा प्रणाली वितरण कार्यक्रममा वडा २ का वडा अध्यक्ष जैसवाल भिन्वारको अध्यक्षतामा एबम गाउँका भरभलादमी,बुद्धिजिबी,लगायत स्थानीयको रोहबरमा उक्त सोलार बितरण भएको थियो ।शहिदनगर नगरपालिकाका मेयरको विशेष पहलमा उक्त सौर्य उर्जा प्रणाली कार्यक्रम ल्याउन सफल भएको थियो भयो यो भन्दा पहिला पनि करिब दस हजार मुल्य बराबरको घरायसी सामानहरु बितरण भएको थियो ।बारम्बार यस्तो योजनाहरु ल्यादा स्थानीयहरु निकै खुसी र उत्साहित देखिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्