रक्सीमा मातिएका सेना विजय गुरुंगले पत्रकार गुप्तालाई कुटपिट गरे
Advertise Here Book Now

न्यूज्वारभाटा साप्ताहिक लहान, ६ साउन । नेपाल पत्रकार महासंघ सिरहाका सदस्य तथा नवसंग्राम दैनिकका प्रतिनिधि गोपाल गुप्तालाई आज राती ९ बजेतीर उदयपुरको भुल्के १८ बाहिनीका सेनाले बीच सडकमा कुटपिट गरी घाईते बनाएको छ । पत्रकार गुप्ता लहान १ स्थित सहिद चौकको निलम ग्लास हाउसको अगाडि साथीहरुसंग कुरा गरिरहेको बेला नेपाली सेनाका विजय गुरुंग रक्सी खाएर गालीगलौज गर्दै कुटपिट गरेको हो । गुप्ताले प्रहरीलाई खबर गर्न लाग्दा सेना गुरुंग अश्लिल गाली गर्दै मार्सल आर्टको सहारामा पंच हानेर उनलाई घाईते तुल्याएको छ । गुप्ताले आफ्नो सुरक्षाको प्रयास गर्दा सेना गुरुंगले मोटरसाईकलको हेल्मेटले समेत प्रहार गरेको छ । गुप्ताको कन्चट र टाउंकोमा चोट लागेको छ । गुप्ताका साथी राहुल रौनियारलाई समेत सेना गुरुंगले टाउकोमा पंच हानेको छ । सेना गुरुंगले लखेटी लखेटी कुट्न थालेपछि गुप्ता ड्युटीमा रहेको सशस्त्र प्रहरी नजिक पुग्दा प्रहरीलाई समेत हातपात गरेको छ । स्थिति तनावग्रस्त हुंदा ईलाका प्रहरी कार्यालय लहानबाट आएका प्रहरी टोलीले सेना गुरुंगलाई नियन्त्रणमा लिएका छन् । रक्सीले मातिएका सेना गुरुंगलाई लहान प्रहरीले स्वास्थ्य परिक्षणको लागि लहान अस्पताल लगिएको छ ।
पत्रकारहरुलाई रक्सीले मातिएका सेना गुरुंगको फोटो समेत प्रहरीले खिच्न नदिएको र पत्रकार गुप्तालाई बीच सडकमा कुटपिट गरेको कार्यप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखा यो घटनाको घोर भत्र्सना गरेको छ । पत्रकार कुटपिट गर्ने सेना गुरुंगलाई हदैसम्म कारवाही गर्न नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्ताले माग गरेको छ । उता, ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले भने ‘यो आर्मीहरुको लागि बलात्कार र कर्तव्य ज्यान मुद्दा बाहेक सबै कारवाही नेपाली सेनाभित्रै प्रक्रिया अनुरुप हुने भएकोले हामी यहांबाट पत्र पठाएर कारवाहीको माग अघि बढाउंने बताए ।’ ‘ स्वास्थ्य परिक्षणपछि लहान आर्मी क्याम्पलाई जिम्मा दिने ’ डिएसपी थापाले बताए । सेना गुरुंग उदयपुरको १८ बाहिनी भुल्केमा कार्यरत छन् भने तंनहु निवासी भएकाले आज उनी रक्सीमा मातिएर घर फर्किरहेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्