रौतहटमा रोकेन्न कटानी ,प्रहरी द्वारा दर्जनौं बस्ती खाली गराउँदै
Advertise Here Book Now

अमित ठाकुर।रौतहट।अाषाढ १९। रौतहट सहित उत्तरी भेगमा ३ दिन देखि परि रहेको लगातार बर्षाका कारण बौधीमाई नगरपालिका सहित अासपासका गाउँहरु डुवानमा पर्न थालेका छन। बौधीमाई नगरपालिकामा रहेको ईनर्वा गाउँ तिरको लालबकैया नदीको बाँध ८० प्रतिशत नदीमा कटानी भई सकेको प्रहरी निरीक्षक मनोज यादवले जनाएको छ।सो गाउँ सहित अन्य गाउँहरुमा ठुलो बाढी जाने भएकोले हिजै देखि नेपाल प्रहरी, शस्त्र प्रहरी गाउँलाई खाली गराउनमा जुटेका साथसाथै हाईएलर्ट जारी गरेका छन।बाँधलाई बाँध्न र नदी कटानीलाई रोक्न सो ठाउँमा हिजै देखि नेपाली सेना परिचालन गरिएका छन। तर पानीको बहाव बढी रफ्तारमा भएकोले बाँध कटानीमा कुनै असर न पुगी ८० प्रतिशत बाँध कटानी भई सकेका छन। भने कोपवा,बन्जरहा,अौरैया,ईनर्वा,राजपुर,कटहरीया सहितको गाउँहरुमा नेपाल प्रहरी, शस्त्र प्रहरीको टोली परिचालनका साथसाथै नेपाली सेनाको टोली पनि उद्धारका लागि परिचालन गरिएको प्रहरी निरीक्षक यादवले जनाएको छ। बागमती नदिमा डुङ्गाको सहारा नदिको अोहर दोहर गर्ने ब्यक्तिहरु हिजो नदिमा एकासी पानी अाउँदा नदिको बिचमै फसेका थिए। नदिमा फसेका ब्यक्तिहरु रौतहटकै रहेको  र रौतहट अाउने समसर्लाही जान न मान्दा र रौतहट तिर ती ब्यक्तिहरुलाई ल्याउन नसक्ने भएकोले दुवै जिल्लाका प्रहरी संग कोडिनेसन गरि सर्लाही तिर उद्धार गरेका थिए। गत साउन महिनाको अन्तयमा यस्तै लगातार बर्षाले गर्दा रौतहटको लालबकैया र बागमतीका बाँध दर्जनौं ठाउँमा तोड्दा रौतहट डुवानमा परेको थियो।गत बर्षको विनाशकारी बाढीमा परी १७ जनाको मृत्यु भएको थियो । बाढीमा डुबेको कैयौँ गाउँका स्थानीयबासीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए । रौतहटको लालबकैया र बागमती नदी छेउमा रहेको दर्जनौं गाउँहरुमा जिल्ला प्रहरी कार्यालय रौतहट द्वरा डुवानमा पर्ने गाउँका ब्यक्तिहरुलाई सुरक्षित स्थानमा जान अपिल गरेको प्रहरी निरीक्षक मनोज यादवले जनाएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्