फिल्म अार पारकाे शुभ मुहुर्त भव्यताका साथ सम्पन्न
Advertise Here Book Now

 

अमित ठाकुर।रौतहट।श्रावण ०९ गते ।समाजमा रहेकाे विकृतिलाई न्युनिकरण गर्ने उदेश्य ले भाेजपुरी भाषामा फिल्म अार पार बन्ने भएको छ । जसकाे मुहुर्त अाज गाैरमा सम्पन्न भएकाे छ । पत्रकार महासंघ राैतहट शाखाकाे सभाहलमा सम्पन्न भएकाे मुहुर्त कार्यक्रममा फिल्मकाे बैनरलाई सार्वजनिक गर्दै प्रमुख अतिथि पत्रकार महासंघ राैतहटकाे अध्यक्ष रबिन्द्र साहले मैनवति बालेर राेल कैमरा एक्सन भनेर सुरुअात गर्नु भएका थिए । सुधिर ईन्टरटेनमेन्ट प्रा.लि.काे बैनरमा बन्न गई रहेकाे फिल्म अार पारकाे निर्देशन जनक राम न्याेपानेले गर्ने भएकाे छ । फिल्ममा स्थानिय कलाकार सुरज मिश्रा,रणधिर सहनी नायककाे भुमिकामा रहेका छन् भने पत्रकार राही चञ्चल खलनायककाे भुमिका निर्वाह गर्दै हुनु हुन्छ । साथै नायिकाकाे रुपमा श्वेता शर्मा रहेकाे र महिला कलाकारमा एलिना भट्ट,किरण ठाकुर,अपर्णा झा,ताेहफा अर्चनम सहित रहेका छन् । साथै पत्रकार अमित ठाकुर,राहुल सिंह,संताेष यादब,नेक महमद हुसैन,रामविश्वास मुखिया,विवेक राज,देव देहाती,दिलिप दिलदार,राजेश गुप्ता, पिन्टु श्रीवास्तव,गाैतम झाले अाफनाे अभिनय प्रस्तुत गर्ने भएका छन् ।मुहुर्त कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि पत्रकार महासंघ राैतहटका अध्यक्ष साह फिल्मके उतराेत्तर प्रगतिकाे साथै कलाकारहरुकाे उज्ज्वल भविष्य काे कामना गर्नु भयाे । साथै फिल्ममा पत्रकारिता क्षेत्रबाट पनि पत्रकार साथिहरु अभिनय गरेकाेले अाफु धेरै नै खुशी भएकाे धारण व्यक्त गरेका थिए । कार्यक्रममा फिल्ममा नायककाे भुमिकामा रहेकाे सुरज मिश्राले अाफु चाहिँ ग्रामीण क्षेत्रबाट अाएकाेले हाम्राे समाजमा रहेकाे समस्यामा अधारित फिल्म बनाउन लागेकाे बताउदै यसमा तपाई सबैजनाकाे सहयाेगकाे अावश्यक्ता रहेकाे बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्