सिरहाको भगवानपुरमा ३ दिने महिला सशक्तीकरण सम्बन्धि तालीम सम्पन्न
Advertise Here Book Now



महेश सिंह महतो । १८ असार । सिरहाको दक्षिण बर्ती गाउँ पालिका भगवानपुरमा महिलाको  सचेतना कार्यक्रम सप्पन्न भएको छ । सिरहाको भगवानपुर गाउँ पालिका वाडा नम्बर ४ ईननर्वामा अप्सन साना किसान कृषि सहकारी सस्था लिमिटेड ईनर्वाको आयोजनामा ३ दिने महिला सशक्तीकरण र आदि बाशी जनजातीको लागि चेतनामुलक तथा छ्म्ता अभिवृद्धि सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । महिलाहरुको पहुँच र नेतृत्वमा अग्रसरता लयाउन यो कार्यक्रमको आयोजना गरिएको आयोजक सस्थाको अध्यक्ष यादवले बताए । उक्त कार्यक्रमको प्रमुख अतिथि गाउँ पालिकाका अध्यक्ष बेचन प्रसाद यादव , विशिष्ट अतिथि ने.क.पा . गाउँ पालिका सयोजक उग्र नारायण यादव , अतिथिहरु प्रसास्किय अधिकृत जय प्रकाश दास , जन प्रतिनिधि राम औतार यादव , बिना देबि यादव , राजेन्द्र मण्डल समाज सेबि लक्ष्मण प्रसाद यादव , स्थानीय मिडिया कर्मी राम एक वाल राम , सयोगी विसुन देव सरदार लगायत का ब्यक्तीहरुको सहभागीता रहेको थियोे । उक्त तालीममा वाडा का १५० जना महिलाहरुको सहभागी रहेको थियो । सो तालीमको प्रशिक्षण न्युज २४ टेलीभिजन र समाद एफ एम को सिरहा सम्बादाता महेश सिंह महतो र राम एकवाल राम ले प्रशिक्षण दिनु भएको थियो । साथै अचार र पाँपर  बनाउने सिपको पनि प्रशिक्षण दिनु भएको  आयोजक सस्थाको अध्यक्ष राम प्रकाश यादबले बताए ।  यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे । तालीममा सहभागी भएका महिलाहरु तालिमबाट लभामबित भएको एक सहभागीले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्