५६ केजी गाँजा सहित ८ जना प्रहरीको फन्दामा
Advertise Here Book Now

फिरोज शेख लहान २०७५ श्रावन १० । लाहन नगरपालिका १७ गोबिन्दपुर बाट ५६ केजी प्रतिवन्धित लागु औषध गाँजा सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । गाँजाको कारोवार भईरहेको भन्ने विशेष सुराकीको आधारमा लहान १७ गोविन्दुपुरका भागेश्वर चौधरीको घरमा कारोवार भईरहेको सुचनाको आधारमा प्रहरीले छापा मर्दा उक्त परिमाणको गाँजा सहित ८ जना पक्राउ परेको हो।प्रहरीले विक्रिगर्नको लागि ठिक्क पारि प्लाष्टिकको बोरामा राखेको अवस्थामा ८ जना सहित गाँजा बरामत गरेको जनाएको छ । सोमबार अपरान्ह पक्राउ गरेका सवैलाई म्याद थप गराई हिजो सार्वजनिक गरिएको छ।प्रहरीले कारोवार संलगन लहान ४ का ४५ वर्षिय सत्यनारायण साह, लहान १७ का १७ वर्षिय रमेश कुमार चौधरी, धर्मेन्द्र राय, दिपक कुमार चौधरी, अनिल कुमार चौधरी, वर्ष १८ का बसन्त चौधरी संगै भगवानपुर गाउँपालीका १ बस्ने १८ वर्षिय उमेश कुमार यादव सहित ८ जना पक्राउ परेको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी राजेश थापाले जानकारी दिएका छन्।पक्राउ परेकाहरुलाई सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्