कतारमा रहेको समाजसेवी बद्रीनाथ झा द्वारा अपांगलाई साईकल र कपडा सहयोग
Advertise Here Book Now


अभिमन्नु पटेल रौतहट, ३१ भदौ ।
विदेशमा रहेपनि आफनो देशको असहायका सहारा महोत्तरीको सदरमुकाम जलेश्वर निवासी समाजसेवी बद्रीनाथ झा बनेका छन ।
११ वर्ष देखि दोहा कतारमा बस्दै आईरहनु भएका समाजसेवी बद्री झाले आफनो व्यक्तिगत तर्फबाट रौतहट क्षेत्र नं २ परोहा नगरपालिकाका वडा नं ७ खापको ३६ वर्षीय उपेन्द्र राम चमार दुबै खुट्टाबाट अपाङ्ग र उनकै कान्छो भाईको अबोध ११ वर्षीय छोरी मुस्कान राम पनि जन्मै देखि पूर्ण अपाङ्गसँगै लाटो समेत रहेकोले साईकल र कपडा सहयोग गर्नु भएका छन ।
मडैंसेवा समाज दोहा कतारको अध्यक्ष र कतारमा रहेकोे विभिन्न नेपालीहरुको संघ संस्थामा आबद्ध रहेका छन । कतारकै एक प्रतिष्ठित कम्पनीमा समाजसेवी झाले ईन्जिनियरको रुपमा काम गर्दै आजको दिनमा  सोही ठाउँमा आफनो इमान्दारीपूर्णक ११ बर्ष सम्म काम गरिदै आईरहका छन ।
आफ्नो पेशा बाहेक नेपालको विभिन्न ठाउँमा असहायहरुको लागि सहारा बननु भएको छ । यो संस्था कतार नेपाल दुबै ठाँउबाट काम गर्दै आइ रहेको छ र संस्था खुलेको ३ बर्ष भएको छ । कतारमा काम गर्ने आउने  नेपाली कामदार, मेनपावरबाट ठगिएका ब्यक्तिलाइ टिकेट दिएर नेपाल फिर्ता गरेको र यहाँ मृत्यु भएको ब्यक्तिको कम्पनीसगँ सहकार्य गरि शवलाई उहाहरुको परिवार जन समक्ष नेपाल फिर्ता गराउने प्राय गर्ने काम गर्छ समावसेवी झाले बताए ।
दोहा कतारको धेरै कम्पनीहरुमा नेपाली कामदारहरुले आफनो इमान्दारी साथ काम गर्दा पनि समयमा सेलरी नपाउने,  पैसा नपाएर खान खान नसक्ने अवस्थामा पहल गरी सेलरी र यो संस्थाको तर्फबाट आर्थिक रकम सहयोग गर्ने गरेको बताए ।
गत बर्ष महा बिनाशकारी बाढी नादा सप्तरी, धनुषा र रौतहटका पीडितको लागि खाद्यान्न समाग्री बितरण गरिएको थियो ।
त्यस्तै कतारको कुनै कम्पनीमा काम गर्दा गर्दौ मृत्युु भएको ब्यक्तीको लागि चन्दा संकलन गरि वहाँको घर परिवारलाई सहयोग उपलब्ध गराउदै आएको हो । अहिले सम्म यस संस्थाको तर्फबाट ३ जनाको घर परिवारलाई रकम सहयोग हस्तानतर भएको अध्यक्ष समाजसेवी झाले बताए ।
मानव जीवन आज छ भोलिको भर छैन त्यही भएर हाम्रो समाजमा रहेकोे समस्या हामी सबै मिलेर सानो रकमको सहयोगले कसैलाई सहयोग गर्ने सकिन्छ भावना बोकि एस्ता काम गर्दै आइ राखेका छन ।
अरुलाई जति सहयोग गरेर आन्नद मिल्छ त्यस्तो खुशी अरुमा कहिले पाउन सकिँदैन सकिन्छ भने सबै नेपाली साथी भाइ अफ्नो समाजमा रहेकोे समस्या सबै मिलेर नै पीडितको समस्य समाधान गर्नुपर्छ भने समाजसेवी झाले सन्देश समेत दिनुभयो ।
बिहीवारका दिन बेलुकी रिपोर्टर्स क्लब नेपाल प्रदेश नं २ को कोषाध्यक्ष तथा मधेश प्रदेश अनलाईनका प्रकाश÷सम्पादक युवा पत्रकार अभिमनु कुमार पटेलले असहाय रामको घरमा पुगी वहाँहरुको वास्तक पीडा बारेमा आफनो फेसबुकमा स्टेटस राखेको थियो । सो असहाय रामले मेरो जीवनको एउटै सपना मैले चढने साईकल कहिले चढन पाउछु भने चाहना बताएपछि समावसेवी झाले पत्रकार अभिमनु पटेल मार्फत उपलब्ध गराएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्