पत्रकार महासंघका अध्यक्ष साह बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता!सबै अा-अाफ्नै कसरतमा।
Advertise Here Book Now

अमित ठाकुर।रौतहट।असोज ०१।नेपाल पत्रकार महासंघ रौतहट शाखाका निर्वा्चित अध्यक्ष रविन्द्र साहका विरुद्धमा सोमबार अविश्वास प्रस्ताव दर्ता भएको छ ।
अध्यक्ष साहले पत्रकार अचार संहिताको उलंघन गरेको , विधान विपरीत काम कार्यवाही गरी आर्थिक अनियमितता गरेको भन्दै शाखा ५३ जना सदस्यले हस्ताक्षर गरी अविश्वासका प्रस्ताव दर्ता गराएका हुन । शाखाका अध्यक्ष उत्तम उपाध्यायले अविश्वासका प्रस्ताव माथि तोक लगाएर अविश्वास प्रस्ताव दर्ता गरेका छन ।
७६ जना सदस्य भएको महासंघको अध्यक्ष विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव बहुमतले पारित हुनेमा शंका रहेको छ । बहुमतको लागि ५२ जनाको आवशयक रहेको छ । अविश्वासको प्रस्तावको सामना गर्ने अध्यक्ष साहलाइ २६ जनाको समर्थन जरुरी रहेको देखिएको छ ।
निर्वाचित अध्यक्ष साह आफ्नो पक्षमा समर्थन प्राप्त गर्नको लागि प्रायसरत रहेका छन भने अविश्वास प्रस्ताव दर्ता गराउने पक्ष ५३ जनाको समर्थन कायम राख्नको लागि कसरत गर्ने अवस्थाको सृजना भएको छ । रौतहटमा अहिले सम्म यस्तो नभएको कार्य यस पाली भएको छ । मधेशी मोर्चाको समर्थनमा साह अध्यक्षमा निर्वा्चित भएका थिए ।
२०७४ वैशाखमा संपन्न भएको छैठौ साधारण सभामा प्रेस चौतरीका उमेदवार प्रेमचन्द्र झा र प्रेस यूनियनका उमेदवार प्रभात झालाइ पराजित गर्दै अध्यक्ष पदमा साह निर्वा्चित भएका थिए ।
१८ महीनाको कार्यकालमा नै अध्यक्ष साह माथि पहिलो पटक ऐतिहासिक रुपमा अविश्वासका प्रस्ताव दर्ता गराइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्