लहानमा मधेशवादीले गरे ब्लाकआउट, नेकपाले मनाए दीपावली
Advertise Here Book Now

लहान, ३ असोज । संविधानको कतै विरोध त कतै दीपावली गरेर मनाएको छ । लहानमा मधेशवादी दल राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम र तराई मधेश राष्ट्रिय अभियानले सन्ध्याकालिन जुलुस प्रदर्शन गर्दै ब्लाकआउट गरेको छ । उता, नेकपा लहानको सहिद चौकदेखि सय मिटर पश्चिम संविधान समर्थनमा दीप प्रज्वलन गरी दीपावली मनाएको छ । संविधान विरोधमा आज असोज ३ गते विहानदेखि मधेशवादी दलले सिरहामा प्रदर्शन गरेको छ भने सिके राउतका कार्यकर्ता जनकपुर जान लाग्दा मिर्चैयामा प्रहरीले अबरुद्ध पुर्याएको छ । लहानमा ब्लाक आउट गर्नको निम्ति राष्ट्रिय जनता पार्टी नेपालका लहान नगर समितिका अध्यक्ष महमुद आलम, केन्द्रीय सदस्य भरत साह, संघीय समाजवादी फोरमका दिपेश यादव, धनेश्वर यादव र तराई मधेश राष्ट्रिय अभियानका केन्द्रीय सदस्य ललितनारायण महतो, शंकर साहलगायतको नेतृत्वमा संविधान विरोध कालो दिन मनाउंन नेतृत्व गरेका छन् । सांझ ६ बजेदेखि साढे सात बजेसम्म करिब पांच सय मधेशवादी युवा नेता कार्यकताहरुले सन्ध्या जुलुस प्रदर्शन गर्दै ब्लाक आउट गरेका छन् । प्रदर्शनकारीहरुले सडकमा चलेका गाडी र पसल घरमा रहेको बती निभाउंन लगाउंदै प्रदर्शन गरेका छन् । उता, प्रदर्शनकारीले नेकपाले प्रज्वलित गरेको दीप समेत निभाएका छन् । प्रदर्शनपछि आन्दोलनकारीले कोणसभा गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्