सिरहामा प्रहरीको नाकै अगाडि तीन घरमा लाखौंको चोरी
Advertise Here Book Now


सिरहा, २६ भदौ । सिरहामा गएराति लाखौंको धनमाल चोरी भएको छ । सोमबार राति करिब १२ बजेको समयमा लुटेराहरुको एक समूहद्धारा सिरहा नगरपालिका–१७ खैरटोकास्थित ३ घरमा लाखौंको धनमाल चोरिएको हो ।

सिरहा नपा–१७ खैरटोका निबासी स्थानीय राम प्रमोद यादव, प्रदीप यादव र शत्रुधन यादवको घरमा चोरी भएको प्रहरीले जनाएको छ ।




राम प्रमोद र प्रदीपको घरबाट ५० हजार नगद, ८ तोला सुन र गरगहना चोरी भएको छ । राम प्रमोद र प्रदीप दाजुभाई हुन् । गर्मीका कारण राति उनीहरु छतमा सुतिरहेका बेलामा उनीहरुको पक्की घरमा रहेको बाकसको ताल्चा फुटाई लत्ताकपडा, ब्रासलेट, हसुली, सुन र नगद चोरी भएको हो भने शत्रुधनको कच्ची घरमा सुरुङ खनी घरमा रहेको बाकसबाट ५ हजार नगद र ८ तोला चाँदी चोरी भएको पीडितहरुले बताए ।

चोरी भएको ठाउँदेखि मात्र ३ सय मिटरको दुरीमा सशस्त्र प्रहरी वेश क्याम्प र करिब एक–डेढ किलोमिटरमा ईलाका प्रहरी कार्यालय माडर रहेको छ । २–२ वटा सुरक्षा निकाय नाकै अगाडि रहेपनि चोरी भएपछि जनता पूर्णरुपले असुरक्षित रहेको प्रष्टिएको स्थानीयहरुले आराप लगाएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्