निर्मला पन्तको हत्यारामाथी कारवाहीको माग गर्दै सिरहामा पनि प्रसर्शन(फोटो फिचर)
Advertise Here Book Now

नरेशचन्द्र बरबरिया,सिरहा भदौ ३० गते देशभर बढिरहेका बलात्कारका घटनामा संलग्नलाई कारबाही गर्न र पीडितलाई न्याय दिन सरकार  चुकेको भन्दै सिरहामा प्रदर्शन भएको छ। ‘निर्मलाका निम्ति न्याय’ नाममा सिरहाको दुई स्थानमा युवाहरुले स्वतःस्फुर्त विरोध र्‍याली गरेका हुन्। शनिबार ३ बजेदेखि सुरु भएको प्रदर्शनमा युवाले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिकालाई न्याय दिन माग गरेका छन्। ५२ दिन बितिसक्दा पनि निर्मलाको बलात्कार र हत्यामा संलग्न पत्ता लगाउन नसकेको भन्दै र्‍यालीका सहभागीहरूले सरकारको चर्को विरोध गरे। हत्यारालाई कार्वाही गर!बिडितलाई न्याय दे !महिला हिंसा बन्द गर ! जस्ता नाराबाजी गर्दै युवाहरुले सरकारको चर्को बिरोध सहित दवाब दिएका थिए ।सिरहाको महाबिर चौकमा र हेमनारायण चौकमा कार्यक्रम सम्पन्न भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्