मिर्चैया : पाँच बुँदे सहमतिसंगै अवरुद्ध राजमार्ग सुचारु
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २८ पौष । आन्दोलनरत पक्षर प्रहरीबिच ५ बुँदे सहमतिसंगै झण्डै ४ घण्टादेखि बन्द रहेको पुर्बपश्चिम राजमार्गको मिर्चैया सडकखण्ड संचालनमा आएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयामा भएको सर्बपक्षिय छलफलले घटनामा संलग्न नेपाली सेनाका जवान दिपेन्द्र शाही औषधी उपचार निजले स्वयं गर्ने, पक्राउ परेका दिपेश कुमार यादब, मुकेश कुमार यादब र चन्दर कुमार पासमानलाई कुटपिट गर्ने प्रहरीलाई प्रहरी नियमावली बमोजिम कार्बाही हुने, सेना दिपेन्द्र शाहीलाई सैनिक नियमाबली अनुसार कारबाही हुने, अबरुद्ध यातायत सुचारु गर्ने र पक्राउ परेका तिनै जनालाई रिहाई गर्ने सहमति भएको छ । सहमतिसंगै अबरुद्ध राजमार्ग सुचारु भएपछि आवागमन सहज भएको छ । 
49790823_775285356168200_1049175392750927872_n
प्रहरीले दोषीलाई बचाउँ गर्दै निर्दोषलाई पक्राउ गरेको भन्दै रिहाईको माँग गर्दै स्थानियहरुले आज (शनिवार) पुर्बपश्चिम राजमार्ग अन्तर्गत मिर्चैयाको कटारी चौकमा टायर बलेर सडक अबरुद्ध गरी प्रहरी बिरुद्ध जोडदार नाराबाजी गरेका थिए । राजमार्ग ठप्प हुँदा पुर्वबाट पश्चिम र पश्चिमबाट पुर्ब जाने सैयौं  सबारीसाधान रोकिएका थिए भने यात्रुहरु बिच्चलीमा परेका थिए ।  
49315686_1185314344950770_7807075758903394304_n
मिर्चैया नगरपालिका ७ पानी टंकी नजिकै श्रीनाथ गण चोहर्वाका सेनाहरुले १ जना  किशोरीलाई बलात्कारको प्रयास गरेका छन् । घर नजिकै खेतमा शौैच गर्न गएको बेला शुक्रबार राति करीब ११ बजे किशोरीलाई सेनाका ३ जना जवानले बलात्कारको प्रयास गर्दा किशोरी गुहार लगाएकी थिइन् । आवाज सुनेर स्थानीयहरुले किशोरीलाई उद्धार गरी सेनालाई लखेट्दा ३ जना मध्ये २ जना भाग्न सफल भएका थिए भने एक जनालाई नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा आएसंगै सेनाका जवान दिपेन्द्र शाहीलाई स्थानियहरुले कुटपिट गरेका थिए । घटना स्थलमा पुगेका ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी टोलीले सेनाका जवान शाहीसंगै कुटपिट गर्ने स्थानिय ३ जना युवालाई पक्राउ गरेका थिए ।
 
सेनालाई कुटपिट गरेको आरोपमा स्थानिय दिपेश यादब, मुकेश यादब र चन्दर पासमानलाई प्रहरीले पक्राउ गरेका थिए । दोषीलाई समातेर प्रहरीको जिम्मा लगाएपनि अनाहकमा स्थानिय तिनजना युवालाई प्रहरीले पक्राउ गरी कुटपिट गरेको भन्दै स्थानियहरुले पुर्बपश्चिम राजमार्ग अन्तर्गत मिर्चैयाको कटारी चौकमा आज विहान साढे ११ बजेदेखि साढे ३ बजेसम्म टायर बालेर चक्काजाम गरी  प्रहरी र नेपाली सेना विरुद्ध चर्को नाराबाजी गरेका थिए । सहमतिपछि रिहा भएका तिनै जना युवाहरुले आफुहरुलाई प्रहरीले अनावश्यक रुपमा मानसिक तथा शारिरीक यातना दिएको बताएका छन्.। कुटपिटबाट गम्भिर घाइते भएका सेनाका जवान शाहीलाई उपचारको लागि बाहिर पठाईएको बुझिएको छ । 
49897963_396471234439514_4132085695000870912_n

छलफलमा सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडित, जिल्ला प्रहरी कार्यालय सिरहा प्रवक्ता माधबराज खरेल, ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनाल, मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादब, आन्दोलनका अगुवाहरु बडा नं. ६ का बडा अध्यक्ष देबकृष्ण साह, बडा सदस्य दिलिप साह, हरिकिशोर महतो, ध्यानी साह, रुकेश साह लगायतका रहका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्