मन्दिर निर्माणमा विवाद हुँदा लहान २० मा तालाबन्दी
Advertise Here Book Now

नवसंग्राम दैनिक लहान ४ माघ । लहान २० ब्रम्हान गोर्छाडीमा मन्दिर निर्माण सम्बन्धि विवादले स्थानीयहरुले आज वडा कार्यालयमा तालाबन्दी गरेको छ । लहान २० का वडास्तरीय निर्णय बमोजिम वडाध्यक्ष गणेश चौधरीका विशेष उपस्थितिमा सोमन साहुवाला सार्वजनिक पोखरीको पूर्व उत्तर डिलमा रवी दासले हनुमान मन्दिर बनाउँन लाग्दा भत्काइएको थियो । यसमा वडास्तरीय सँघर्ष समितिको समेत सहमती भएको थियो । तर, माघ १ गते मन्दिर भत्काइएको ठाउँमा वडाध्यक्ष चौधरीले आफुखुशी पूनः मन्दिर निर्माणको लागि शिलान्यास गराएकोले सँघर्ष समितिले सोको आपत्ती जनाएको छ ।

सँघर्ष समितिका रामदेव महतोले भने ‘मन्दिर निर्माण गर्नुपर्छ ,तर बाटो भन्दा अन्य ठाउँमा सार्नुपर्छ । र, रवी दास जस्तो महराजीले ऐलानी छापेर मन्दिर नै बेच्नेलाई मन्दिरको पुजारी बनाउँनु हुँदैन । यस भन्दा अगाडि रवी दासले मन्दिरको नाममा कब्जा गरेको जग्गा अरुलाई बेचेको उनीमाथी आरोप छ । वडा सँघर्ष समितिले वडाध्यक्ष चौधरीलाई मन्दिर निर्माण बाटोघाटोमा नगर्न पटक पटक आग्रह गर्दा समेत नमानेपछि हामीले वडा कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको स्थानीय महेश्वर महतोले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्