धनुषाको महेन्द्रनगरमा पाँच सय लिटर अबैध मदिरा नष्ट
Advertise Here Book Now

महेन्द्रनगर माघ ७ गते ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरले अवैध मदिरा विक्री वितरण बन्द गर्ने अभियान अन्तर्गत नियमितरुपमा अवैध मदिरा कब्जा गरि नष्ट गरेका छन । धनुषा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित सखुवा चोकमा चेकजाँचको क्रममा जनकपुर तर्फ लग्दैँ गरेको करिब ५ सय अवैध मदिरा नियन्त्रमा लिएर स्थिानिय, बुद्धिजिवी, राजनितिकर्मी र पत्रकारहरुको रोहबरमा नष्ट गरिएको छ । ईलाका प्रहरी कर्यालय महेन्द्रनगरमा प्रहरी निरिक्षक अमिर कुमार दहाल आउँदा दिनदेखी नै २ महिनामा विभिन्न ठाउँमा अवैधरुपमा उत्पादन गरिरहेको मदिर ४ पटकमा करिब मदिरा बनाउनको लागी त्यारी अवस्थामा राखिएको ५ हजार कच्चापदार्थ र १ हजार लिटर त्यारी मदिर नष्ट गरिएको इलाका प्रहरी कर्यालय महेन्द्रनगर ले जानकारी दिएका छन । क्षिरेश्वरनाथ नगरपालिकाकै अवैध मदिर उत्पादन गर्ने मुख्य ठाउँको रुपमा चिनिने सितानगर, सखुवा बजार, कुचाइटोल, इच्छापुर, सिन्धुलीटोल, नयाँबजार लगायत सखुवाचोकमा चेकजाँचको क्रममा यी परिणामको अवैध मदिरा नष्ट गरिएको छ । विगतको दिनमा अवैध मदिराको सेवनबाट विभिन्न ठाउँमा मानिसको ज्यानपनि लिसकेकोले यी अवैध मदिरामाथी कराइ गरिएको इप्रका प्रमुख दहालले बताएका छन । घरेलु कच्चापर्दाथबाट बनाइएको मदिराको सेवनबाट यस्तो घटना हुदाँ पनि स्थानिय जनप्रतिनिधी र स्थानियहरुको जुनरुपमा सहयोग हुनुपर्ने हो त्यो भइरहेको छैन, दहालको भनाई थियो । साथै आफुरहुनजेल यी इलाका भित्रको अवैध मदिर विक्रिवितरणमा कराईको साथ यी अभियान जारी नै रहने बताएका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्