प्रकृतिको दोहन नरोकिए विनाश हुने ः प्रदेश प्रमुख कायस्थ
Advertise Here Book Now

राजन कुमार सिंह फाल्गुन ११ गते प्रकृतिको दोहन नरोकिए पृथ्वीका सम्पुर्ण प्राणीको विनाश हुने प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताएका छन । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले गान्धी शान्ति प्रतिष्ठान नेपाल, पिपल निम तुल्सी, उज्जवल भारत मिशन, हिस्ट्री एण्ड हेरिटेज टुरिज्म र सेभ हिस्टोरिकल जनकपुरको सँयुक्त आयोजनामा जनकपुरमा शनिवार आयोजित गान्धी वातावरण योद्धा सम्मान समारोहको उद्धघाटनका क्रममा प्रदेश प्रमुखले प्रकृति संरक्षणतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिएका छन । पृथ्वीका प्राणीहरुको सीधा सम्बन्ध प्रकृतिसँग रहेको र दुवै एक अर्काका परिपुरक भएकोले मानव तथा प्राणीको जिवनयापनका लागि वातावरणको विनाश रोक्नुपर्ने बताएका छन । पृथ्वीमा सबैभन्दा बुद्धिजिवी प्राणीको रुपमा मनुष्य रहेकोले प्रकृतिको सँरक्षण तथा वातावरणको सुरक्षा गर्ने जिम्मेवारी पनि मानवहरुको नै रहेको बताएका छन ।
मन्तव्यका क्रममा प्रदेश साँसद तथा सेभ हिस्टोरिकल जनकपुरका सँयोजक राम अशिष यादवले कर्म गर्दै जानु र सम्मानको चिन्ता नगर्न अभियानीहरुलाई सल्लाह दिएका छन । उनले पोलोथिनको प्रयोगले पर्यावरण प्रदुषित हुने र प्रदुषित वातावरणले रोगीको सँख्यामा बृद्धि हुने धारणा राखेका छन । कार्यक्रममा बोल्दै गणेश रायले मानवलाई २४ घण्टामा बाँच्नका लागि कम्तीमा पनि ५ हजार ३०० रुपैया बराबरको अक्सिजन बोटबिरुवाबाट प्राप्त भईरहेकोले रुख बिरुवा लगाउनुपर्ने र सँरक्षण गर्नुपर्ने आवश्यक्ता रहेको बताए । त्यस्तै उनले प्रकृति र बोटबिरुवाले कसैलाई पनि अक्सिजन दिन भेदभाव नगरेकोले मानवलाई पनि एकजुट भई प्रकृति सँरक्षणमा जुट्नुपर्ने आवश्यक्ता रहेको धारणा राखे ।
यस्तै कार्यक्रममा भारत उत्तर प्रदेश बनारसका टि के सिन्हाले बिरुवा लगाउन जति सजिलो भएपनि हुर्काउन र सँरक्षण गर्न उत्तिकै चुनौती हुने रहेको बताए । उनले ग्लोबल वार्मिङलाई कसरी कम गर्न सकिन्छ तथा वातावरण कसरी जोगाउन सकिन्छ भन्ने बिषयमा तर्क प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै उत्तर प्रदेश कानपुरका आकाँक्षा सिँहले पर्यावरणको रक्षा गर्न नसके अबको केही बर्षपछि अक्सिजनको सिलिण्डर बोकेर हिड्नुपर्ने बाध्यता आउने दावी गरिन । नेपाल, भारत, बँगलादेश र श्रीलँका गरी चार देश सम्मिलित उक्त कार्यक्रममा चारै देशमा वातावरण सँरक्षण तथा स्वच्छता अभियानमा सँलग्न रहेका हरुलाई सम्मान गरिएको छ । साथै अभियानीहरुलाई पोलोथिनको प्रयोग कम गर्न सुझाव दिँदै कपडाको झोला समेत वितरण गरिएको थियो । कार्यक्रममा राजस्थान जोधपुरका प्रदिप शर्मा, बब्लु सिँह, झारखण्डका ओम प्रकाश महतो, मध्य प्रदेशका डा. शान्तिलाल जयन्ती, गाजियावादका मिनु सिँह पवार, बिहार समस्तीपुरका अनमोला कुमारी भारद्धाज, नेपालका मिना सुवेदी , डा. भोगेन्द्र झा सहितले आ–आफ्नो मन्त्वय राखेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्