दाइजो नदिएको निहुमा घाँटी थिचेर श्रीमती लाई हत्या
Advertise Here Book Now

राजेन्द्र महतो लहान ।सिरहामा फ़ेरि दाइजो नदिएको निहुमा आफ्नै श्रीमान ले घाँटी थिचेर श्रीमती लाई हत्या गरेका छन । सिरहा नगरपालिका–१४ खिरौनामा बिहीबार राति लगभग साढे १ बजे श्रीमान रामरेश मण्डलले २१ वर्षीया श्रीमती मनिषा कुमारी मण्डलको घाँटी थिचेर हत्या गरेका हुन् । गत फागुन १६ गते गोलबजार नगरपालिका ८ बस्ने रामरेश मण्डलसँग मनिषाको वैवाहिक सम्बन्ध गाँसिएको थियो । बिहेपछि सासुले थप दाइजो ल्याउँन दबाब दिदैँ आएको मनिषाका बाबु रघुनथ मण्डलले बताएका छन् । सासुले थप दाइजो नल्याए बुहारीलाई छोड्न छोरा रामरेशलाई दबाब दिदैँ आएकी थिइन् । केटा पक्षबाट विभिन्न समयमा थप दाइजो माग गर्दै मनिषालाई विभिन्न समय मा चरम यातना दिएको मनिषाको बाबु रघुनाथ मण्डलले बताएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्