विवाद मिलाउन खोज्दा निर्घात मारपिट
Advertise Here Book Now

जेठ २० जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ कुआमा विवाद मिलाउन पुगेका एक जना गम्भिर घाईते भएका छन । सोमवार बिहान करिब १० बजे समान्य सडक विवादमा रामसोगारथ यादवसंग दुव्र्यवहार गर्न खोज्दा बचाउमा जांदा बद्री यादव घाईते भएका छन । यादवलाई सोही वडाका महेश यादव लगायतका उनका दाजुभाईहरुले मारपिट गरि घाईते बनाएका हुन । घाईते यादव अंचल अस्पतालमा उपचार गराई घर फिर्ता भएका छन । यता घटनाको नेपाली कांग्रेस जनकपुरधाम नगरकमिटिले घोर निन्दा गरेको छ । घटनाको सत्य तथ्य छानबिन गरि दोषीलाई कडा कारवाही गर्न जनकपुरधाम नगर कमिटि अध्यक्ष मनोज कुमार साहद्वारा हस्तराक्षित विज्ञप्तिमा मांग गरिएको छ । साथै उनले कानुनी राज्यको मांग समेत गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्