प्रदेश २ मा बुधबार सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘इद उल फित्र’को अवसरमा आज सार्वजनिक बिदा
Advertise Here Book Now

महेश सिंह महतो , सिरहा २२ जेष्ठ ।प्रदेश नम्बर २ मा आज मुस्लिम धर्मावलम्बीहरुले मनाउने गरेको इद ,उल फित्र पर्व को बुधबार सरकारले सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद् बैठकले यसअघि नै इद उल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार साँझ विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले बुधबारका लागि बिदा दिएको हो । चन्द्रमाको अवलोकनपछि मात्र इद मनाउने दिन निश्चित हुने भएकाले बिहीबारका लागि तोकिएको बिदा अनिश्चित भएको थियो। मंगलबार गृह मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै बुधबारको बिदा निश्चित भएको प्रदेश नम्बर २ को मुख्य मन्त्रीको कार्यालयले जानकारी दिनु भएको छ । प्रदेश नम्बर २ मा 15% प्रति मुस्लिमहरुको बसोबास रहेको एक तथ्यांक ले देखाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्