शहिदनगरमा जडिबुटी अभियान सम्बन्धी अन्तर क्रियाकार्यक्रम सम्पन्न
Advertise Here Book Now

नरेशचन्द्र बरबरिया,धनुषा असोज १ गते । शहिदनगर नगरपालिकामा" एक घर पाँच योग र पाँच जडिबुटी" अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।आयुर्वेद औषधालय यदुकूहाको योग हलमा भएको अन्तरक्रियामा शहिदनगर नगरपालिका वडा न.३ का वडा अध्यक्ष नागेन्द्र प्रसाद मण्डलको अध्यक्षता एवम शहिदनगर नगरपालिकाकी उप-प्रमुख शिला देवि कापरको प्रमुख अतिथिमा बृहत् अन्तरक्रिया कार्यक्रम सन्चालन भएको हो उक्त कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरु , समाजसेवी , बुद्धिजिबी ,महिला एवम भु.पु सांसद शिवधारी यादव , प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर झा लगायतको सहभागी रहेको थियो । ।सहभागी सम्पुर्णलाई तुलसी, पुदिना, कल्पनाथ , घिउ कुमारी र असुरोको बोट एवम पाँच ओटा गमला नगर- उप प्रमुख कापर, वडाअध्यक्ष मन्डल र कार्यकारी प्रमुख नन्द कुमार झाको हात बाट वितरण भएको थियोे । भने सम्पुर्ण वडाका योग अध्यक्ष लाई एक थान पोर्टेवल बाजा र तिरपाल समेत बितरण भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्