जापानमा महाप्रलाय : पूरै जापान ध्वस्त हुनसक्ने
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम ॐ १० कात्तिक । जापानमा छिट्टै महाप्रलाय आउँने भूगर्भविदहरुले घोषणा गरेका छन् । उक्त महाप्रलायमा परी पूरै जापान ध्वस्त भई महासागरमा विलिन हुनसक्ने विज्ञहरुले अनुमान गरेका छन् ।
Volcano-Japan
भूगर्भविदहरुका अनुसार जापानमा यही शताव्दीभित्र महाविध्वांशकारी ज्वालामुखी विस्फोट हुनेछ । यसले जापानको १ सय २७ मिलियन जनसंख्याको जीवन खतरामा पर्दै गएको नयाँ अध्ययनले देखाएको उनीहरुको भनाइ छ ।

यो कुनै मिथ्या अनुमान होइन,नयाँ अध्ययनले पुष्टि गरेको कुरा हो–कोबे विश्वविद्यालयका भूगर्भ विज्ञानका प्राध्यापक योशियुकी तात्सुमीले बताए । उनको टोलीले तयार पारेको नयाँ अध्ययन गत बुधवार सार्वजनिक गरिएको थियो । विज्ञहरुको अनुसार जापानमा विगत २० हजार वर्ष यतादेखि लगातर भइरहेको ज्वालामुखी विस्फोटनको अनुपात,त्यसको प्रभाव लगायतको अध्धयनले अबको एक सयभित्र नै जापानको अस्तित्व मेटिने गरि महाप्रलायकारी ज्वालामुखी विस्फोट हुने खतरा बढेको उक्त अध्ययनको निचोड छ ।



यस्तै विगत ३० वर्ष यता आइरहेको भूकम्पको क्षमता,त्यसले पारेको असर र क्षतिलाई पनि अध्धयनको आधार बनाइउको छ 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्