राष्ट्रिय समाचार

राजनीति

स्थानीय

ताजा समाचार

कोसीको बाढी खतराको संकेतमाथि, ३७ ढोका खोलियो, थप ढोका खोल्न पहल

प्रकाशित समय 12:42 AM
सुनसरी,साउन २९। कोशी व्यारेजमा पानीको वहाब आज साँझ दुई लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । अहिले कोशीका ५६ मध्ये ३७ ढोका खोलिएको छ । तत्काल अरु ढोका खोल्नुपर्ने आवश्यकता देखिएकाले गृह मन्त्रालयलाई पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीले जानकारी दिनुभयो । दुई लाख ५० हजार क्युसेकमाथि गएपछि खतराको संकेतस्वरुप कोशी व्यारेजमा रातो बत्ती बालिसकिएको र रातो झण्डा फहराइएको छ । बहाब तीन लाखमाथि क्यूसेक प्रतिसेकन्ड भएपछि पूर्ण खतरा मानिन्छ ।
पहाडी जिल्लाहरुमा वर्षा नरोकिएकाले पानीको बहाब अझै बढ्ने उहाँले जानकारी दिनुभयो । यसैगरी, सुनसरी नदीमा आएको बाढीले दायाँबायाँ तटबन्ध काटेर जलपापुर, चाँदबेला, नर्सिङ, बबिया, भुटाहा, कप्तानगन्जलगायत दर्जनौँ गाउँ जलमग्न भएका छन् । उक्त गाउँका १० हजारभन्दा बढी बासिन्दा बाढीमा फसेको र उनीहरुलाई नेपाली सेनाको टोली परिचालन गरी उद्धार गर्ने प्रयास गरिए पनि वर्षा भइरहेकाले सकिएको छैन । यसैगरी, धरान उपमहानगरपालिकाका विभिन्न वडाका खहरे खोलामा आएको बाढीले ३५ घर बगाएको छ । मानवीय क्षति भने भएको छैन । यस्तै, धरान–१३, निसाने खोला नजिक धरान–धनकुटा सडकखण्डमा पहिरो जाँदा धरान–धनकुटा यातायात अवरुद्ध भएको छ । इटहरीको बुढीखोलामा आएको बाढीका कारण डुबानमा परेका करिब एक हजार बासिन्दालाई स्थानीय श्रीकृष्ण प्रणामी मन्दिरमा आपतकालीन उद्धार गरी त्यहाँ खाने र बस्ने व्यवस्था मिलाइएको छ । अहिले इटहरी बजारलगायत जिल्लाका अधिकांश ठाउँ जलमग्न छन् । त्यस्तै, विराटनगर–धरान यातायात पनि पुरै बन्दछ ।
वाढीले जलमग्न सिरहा सयौं घर डुवानमा, विस्थापितलाई सुरक्षित स्थलतर्फ

वाढीले जलमग्न सिरहा सयौं घर डुवानमा, विस्थापितलाई सुरक्षित स्थलतर्फ

प्रकाशित समय 10:28 AM
साउन २९ गते । अविरल वर्षाले सिरहा डुवानमा परेको छ । सिरहाको बजार र ग्रामीण क्षेत्रका सयौं घर डुवानमा परेको हो। कमला, बलान, गागन, घुर्मी, बतहा, खुट्टि खोलाको वाढिले वस्तिहरु जोखिममा परेको छ । बलान नदिको बाढिले सखुवानन्कारकट्टिको ४५ घरपरिवार विस्थापित भएको छ । विस्थापित परिवारलाई स्थानीय विद्यालयमा सुरक्षित राखिएको प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले वताए ।
गागन नदिले आफ्नो वहाव बदलिदा औरही गाउँपालिकाको औरही, ईटाटार, कमलपुर लगायतका गाउँवस्ती डुवानमा परेको छ । गागनको वाढिले औरही गाउँलाई चारतिरैवाट पानीले घेरेको छ । औरहीमा ३ घरपरिवार विस्थापित भएको छ । यस्तै कमला नदिको वाढिले बेल्हा, सारस्वर, बसपिट्टा, मानपुर, रमौल, पटेर्वा, माडर, मल्हनिया गम्हरिया लगायत सिरहा नगरपालिका वडा नम्बर २, ७, ८ का वस्ती डुवानमा परेको प्रजिअ श्रेष्ठले बताए । जिल्ला सदरमुकाम सिरहाका अधिकांश सरकारी कार्यालयमा पानी २ फिटसम्म जमेको छ ।
यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिकाको बजार क्षेत्र र राजमार्ग जलमग्न रहेको छ । राजमार्गमा ठाउँठाउँमा पानीले सडक भत्काएको छ । यो संगै कल्याणपुर जब्दी नगरपालिका ३ ईटारी प्रसाहीमा वाढिले घर डुवानमा परेर विस्थापित भएका ४५ घरपरिवारलाई सुरक्षित तरिकाले स्थानीय विद्यालयमा राखिएको प्रजिअ श्रेष्ठले बताए । वाढिको पानीले ग्रामीण सडक, हुलाकी सडक, सिरहा-कल्याणपुर-मिर्चैया सडक, मल्हनिया-सिक्रोन सडक, बसपिट्टा-सिरहा सडक, पदमपुर-नरैहिया सडक, ठेगही-सिरहा सडक लगायत तीन दर्जन वढी ग्रामीण सडकहरु भत्किएको छ ।
विरामी र सुत्केरीलाई सकस
वाढीको पानीले गाउँगाउँका सडक भत्काएपछी विरामी र सुत्केरीलाई स्वास्थ केन्द्र पुग्न समस्या हुने भएको छ । बढीले सडक भत्किदा एम्बुलेन्स लगायतका सवारी साधन पुग्न नसक्ने अवस्था रहेको मानव अधिकारकर्मी राज कुमार राउतले बताए ।
सुरक्षा निकायद्वारा निरीक्षण
प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा स्थानिय विकास अधिकारी सुरेश राउत, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका मेजर सहितको सुरक्षा निकाय वाढीले क्षति पुर्याएको ठाउँहरुको निरिक्षण गरेको छ । टोलिले राहत र उद्वारलाई तिव्रता दिन निरिक्षन गरेको टोलिमा सहभागी स्थानीय विकास अधिकारी सुरेश राउतले बताए ।
नगरपालिकाद्वारा च्यूराभूजा
कमला नदिको वाढीले डुवानमा परेका सिरहा नगरपालिका ६ बसपिट्टाका दलित वस्ती सहित ५ सय घरपरिवारलाई राहत वितरण गरिएको छ । सिरहा नगरपालिकाले च्यूरा, भूजा, दालमोट, चाउचाउ र मट्टीतेल वितरण गरेको कार्यकारी अधिकृत ईन्द्रदेव यादवले बताए । राहत माग गर्दै ती वडाका सयौं पीडितहरु नगरपालिका कार्यालय पुगेका थिए ।
थामिएन वर्षा
पाँच दिनदेखी लगातार भैरहेको वर्षा थामिसकेको छैन् । वर्षा जारी रहदा डुवानको जोखिम उच्च रहेको छ । आईतवार पनि वर्षा रोकिएन । वर्षा नरोकिदा विस्थापित हुनेको संख्या वढ्ने स्थानीय अगुवा शम्भू साहले बताए ।
विधुत छैन्
वर्षाले सडकसंगै विधुतको पोलहरु ढालिदिदा विधुत आपूर्ति ठ्प्प भएको छ । बिष्णुपुर स्वस्टेशनवाट विधुत आपूर्ति हुने सदरमुकाम सिरहा, माडर, भलुवाही, सारस्वर, बेल्हा, कल्याणपुर, बिष्णुपुर लगायतमा विधुत ठप्प छ । विधुत नहुदा झन जोखिम वढेको स्थानिय सोनु महराले बताए ।
मुसलधारे वर्षाका कारण लहानको माधोपुर अस्त व्यस्त @GROUND-ZERO REPORT

मुसलधारे वर्षाका कारण लहानको माधोपुर अस्त व्यस्त @GROUND-ZERO REPORT

प्रकाशित समय 7:09 AM
ओम प्रकाश यादव साउन २८ । लहान नगर पालिका २१ मा पर्ने माधोपुर टोलमा मुसलधारे परेको पानिले जनजिबन अस्त व्यस्त भएको छ | वर्षाका पानी घरघरमा पस्न थालेपछि फुसको घर भत्किन थालेपछि  शनिवार विहानैदेखि भगाभाग सुरु भएको छ । विगत ४ दिन देखि  परिरहेकोअविरल वार्षको कारण माधोपुर टोलमा पानीको चाप वढन गई फुसको घर वनाएको एक जना दलितको घर भात्किसकेको छ |शनिवारदेखि नै परेको पानिले गाउ नै अस्त व्यस्त बनेको छ |
त्यस्तै माधोपुर नजिकै रहेको हाइस्कुल भित्र पनी वर्षाको पानिले ताण्डव मचएको छ स्कुलको वरिपरी पूरे जलमग्न भएको दृश्य |
त्यस्तै लहान नगर पालिका लहान १ स्थित मिलन चोकतिर पानी दलित वस्तीको घरघरमा पसिसकेपछि भागाभाग भईरहेको वेला विहान ९ वजेतिर एकासी पश्चिमतिर पहिले नै नहरको वाँध भत्कििएपछि वल्ल पूर्वतिरको वस्तीमा राहत महसुस गरिएको शिक्षक राम वालक यादवले भन्दै नहरमा पानीको चाप अझै वढदै जाने क्रममा रहेकोले नहरको दक्षिणतिरको जाने आउने सडक नै पूर्णरुपमा बन्द रहेको अवस्था छ । यत्रो विपत्ति आईपुग्दा पनि लहान नगरपालिकाले कुनै चासो नलिनुको साथै राजनीतिक दलहरुले समेत कुनै चासो नलिएकोमा दलित समूदायको कुनै घरमा चुल्हो वलेको छैन भन्ने आफनो समान सुरक्षित गर्न नजिकको वस्तीहरुमा ओसार्न थालेको  छ । 
त्यस्तै वर्षका कारण सिरहाका दर्जनबढी गाउँ डुवानमा परेका छन् । डिमा खोलाको पानी गाउँमा पस्दा कर्जन्हा गाउँपालिका– ६ गौताडीका दर्जनबढी घरहरु डुवानमा परेका हुन् । लगातारको वर्षाका कारण बेचो खोलामा आएको बाढी कल्याणपुर नगरपालिका–४ मा रहेका घरमा पसेको छ ।वर्षा नरोकिएका कारण स्थानीय बासिन्दा त्रसित भएका छन् । वर्षाले सिरहा जिल्लाका मिर्चैया, गोलबजार, लहान, पर्सा पोखरभिण्डा, सुखिपुरका घर डुवानमा परेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ । कमला नदीले कटान सुरु गरेकाले बाँध बनाउने काम भैरहेको छ ।

सिरहाको लहान नगरपालिकाका मुसहर बस्ती डुवानमा

प्रकाशित समय 7:00 AM
सिरहा । सिरहाको लहान नगरपालिका एकस्थित मुसहर बस्ती डुवानमा परेको छ । नहरको बाँधमा घर बनाएर बसेका सुकुम्बासी मुसहर बस्तीमा बाढी पसेको हो । बाँधमा रहेका दर्जनौं घर डुबानमा परेर भत्केका छन् भने मुसहर बस्ती भएर नहरको पानी बगिरहेको छ ।
उनीहरुको घरमा भएका धान, चालम, गहुँ र अन्य समानहरु समेत पानीमा डुबेको छ । कतिपयको घरभित्र रहेका समानहरु समेत पानीले बगाएको स्थानीयले बताएका छन् ।
घर भत्किएपछि मुसहर समुदायको बिचल्ली भएको छ । घरमा पानी पसेपछि खाना समेत पकाउने अवस्था छैन् । बस्तीमा बाढी पसेपनि राहत र उद्दारको काम भने नभएको स्थानीयले गुनासो गरेका छन् । Source:http://avenues.tv
विरामीले नपाएपछि औषधी कहाँ जान्छ ? ,लहान अस्पतालमा विरामीलाई सास्ती

विरामीले नपाएपछि औषधी कहाँ जान्छ ? ,लहान अस्पतालमा विरामीलाई सास्ती

प्रकाशित समय 4:24 AM

दिनेश्वर गुप्ता लहान १५ साउन । भगवान भरोसे चल्दै आएको राउ स्मारक अस्पतालमा सरकारले पठाएको औषधी वितरण नगरी विरामीहरुलाई थप पीडा दिने गरेको खुलासा भएको छ । उपचारको लागि पुगेका अधिकांश विरामीलाई लहान अस्पतालका स्वस्थ्यकर्मीहरुले बाहिर पसलबाट औषधी खरिद गर्न लगाउंछन् । जहां सरकारले निःशुल्क उपलब्ध गराउने भनेका ७० वटा अत्यावश्यक औषधी दे

शैभरका २५ बेडसम्मको क्षमता भएका सम्पूर्ण सरकारी अस्पतालवाट लिन सकिन्छ । त्यसैगरी प्राथमिक स्वास्थ्य सेवा केन्द्रवाट ५८ प्रकारका र स्वास्थ्य चैकीबाट ३५ प्रकारका औषधी निःशुल्क लिन सकिन्छ । सरकारी अस्पतालबाट पाइने निःशुल्क औषधी १. लिग्नोकेन २. पेरासिटामोल ३. एस्पिरिन ४. एबियुपोफिन ५. डिक्लोफिन्याक ६. इन्डोम्याथेसिन ७. क्लोरोफेनीरेमाइन ८. फेनिरिमाइन ९. सेटिरिजाइन १०. मेटा«निडिजोल ११. टेनिडिजोल १२. एमोक्सिसाइलन १३. जेन्टमिजन १४. सिप्रोफ्लाक्सीन १५.क्लोरमफेनिकोल १६. सेफ्ट्रिसवान १७. सेल्फेमेथोक्सजोल १८. एक्सीसाइक्लाइन १९. एजिथ्रोमाइजिन २०. क्लोक्सासिलिन २१.नियोमिसिन २२. फुलकोनाजोल २३. एसिक्लोविर २४. फेरोस सल्फेट २५. फोलिक एसिड २६. भिटामीन बि कम्प्लेक्स २७. कम्पाउन्ड सोलुसन अफ सोडियम लेक्टेट २८. ओडियम क्लोराइड २९. डक्स्टोस सोलुसन ३०. हाइड्रोकोलोथियाजाइड ३१. एटिनोलोल ३२. अल्वीनपेजोली ३३. क्यालमाइन लोसन ३४. पोभिडोन लोडिन ३५. गामा बेन्जिन हेक्साक्लोराइड ३६. अल्मोनियमंहाइड्रोअक्साइडंम्यागाा हाइड्रोअक्साइड ३७. रेनिटिडिन ३८. एट्रोपाइन ३९. हियोसिन बटेलबोरेमाइट ४०. रिहाइड्रेसन ४१. क्लोभ ओइल ४२. मेटोक्लोरप्रोयामाइट ४३. प्रोमेथोजिन हाइड्रोक्लोराइड ४४. चारकोल इक्टिभेटेड ४५.वेन्जोइक एसिड ४६. फ्रोसेमाइड ४७. एम्लोडिपिन ४८. डेक्सामेथोसेन ४९. एल्बुटामोल ५०. एमिनोफिलिन ५१. प्रिडनीसोलोन ५२.प्रालीडोक्सीन सोडियाम ५३.फिनोबारबिटोन ५४.अल्पाजोलम ५५. कोल्प्रोम्याजि ५६.एमिट्रिपिलाइन ५७. हाइड्रोकोर्टिसोन ५८.मेटर्फो्मिन ५९. एड्रिनलाइन ६०. डिगाग्सिन ६१. सिल्भर सल्फाइजिन ६२. क्लरटिमिजोल ६३. डाइजेपाम ६४. सेन्सिन भाइलेट ६५. एल्लोपुरीनोल ६६. टेट्रासाइक्लाइन ६७.कार्वमेजेपाइन ६८.एसिटिजोलमाइड ६९.अक्सीमेटाजोलाइन ७०.लेभोथेरेक्सीनराजपा लगायतको औषधी निःशुल्क उपलब्ध गराउंनुपर्ने प्रावधान रहेको छ । तर, विरामीहरु यि औषधी पाइदैन् अनि औषधी कहां जान्छ ? स्रोतका अनुसार औषधी अस्पतालका इन्चार्ज र स्टोर तथा लेखापालको मिलोमतोमा बाहिर विक्री हुने गरेको दावी गरेको छ । राष्ट्रिय जनता पार्टीका युवा नेता गोपाल गुप्ता फेसबुकमा लेख्छन् — सम्बन्धित मन्त्रालयले पनि बेवास्ता गर्ने गरेको र यहांका इचार्जले औषधि बेचेर पैसा कमाउने नियत बोकेर हिड्ने गरेको छ । यदि मन्त्री सक्षम छ भने गरिब बिरामीको लागि आएको औषधी बेच्नेहरुलाई यथाशिघ्र कारबाही गर्नुपर्छ । उपचारमा आएकी मोतीपुर मलहनकी मानकीदेवी सदाय भन्छीन् —मेरी बुहारीकी डिलेभरी भएको छ, तर एउटा औषधी पाइन् । सबै औषधी बाहिरबाट खरिद गरेर ल्याउंन यहांका इन्चार्ज शुशिल कुशवाहाले भने । अस्पतालले दिनुपर्ने औषधी नदिइकन बाहिरबाट खरिद गरेर ल्याउंनु पर्ने त्यस अस्पतालको नियती नै भएको छ । लहान १ निवासी मनोज यादवले भने मेरो परिवारका ८ जनालाई पखाला लागेर उपचार गराउंन अस्पताल आएको छु । तर, एउटा पनि औषधी अस्पतालले दिएन । अस्पतालले झुण्डियाएको बोर्डमा ७० प्रकारको औषधी अस्पतालले निःशुल्क उपलब्ध गराउंने लेखिएको छ । तर, एउटा पनि औषधी पाएको छैन । अर्का सपना चौधरी भन्छन्— अस्पतालभित्र रहेको ल्याबका ईन्जार्च दिशापिसाब, ब्लड जाँच गर्नको लागि आफ्नो निजि क्लिनिकको ठेगाना दिएर मोटो रकम असुली गरिरहेको छ 
अस्पताल ईन्चार्ज सुनिल कुशवाहाले पनि आफ्नो श्रेया पोली क्लिनिक खोलेका छन् । यसरी विरामीको हालत देखेर राजपा कार्यकर्ताहरुले साउन १२ गते अस्पताल प्रशासनको विरोध गरेको छ । तर, अस्पताल बाहिर रहेका इन्चार्ज शुशिल कुशवाहाले फोन उठाउंन मानेन र अस्पतालमा समेत आईपुगेन । यस बारे अस्पताल समितिका अध्यक्ष फुलेश्वर महतोलाई सम्पर्क गर्न खोज्दा उनको ९८४२८२७६२६ नम्बरको मोबाईल स्वीच अफ रहेको छ ।