‘एउटा हातले रुख समातेँ, अर्कोले बच्चा’
Advertise Here Book Now

काठमाडौं, ११ कात्तिक । गाउँमा टीका लगाउने कार्यक्रम बनाएका थियौं । म मेरो घर रामपुर ओखलढुंगा बाट भाइटीकाको अघिल्लो दिन मामाघर पुगेकी थिएँ ।
शनिबार भाइटीका सकेर जसरी पनि म आइतबार रामपुर पुग्नुथियो । तिहारमा टीका लगाएर र्फकने मानिसको सडकमा चहलपहल थियो ।
म पनि सदरमुका हुँदै रामपुर जान आइतबार गाडी पर्खेर बसेकी थिए । निशंखेबाट ओखलढुंगामात्र पुग्नसके त्यहाँबाट अर्को गाडी चढेर रामपुगर जान म गाडी कुर्न सडकमा निस्किएँ ।
थरथरे भन्ने ठाउँमा निकैबेर गाडी कुरेपछि धुलो उडाउँदै परबाट एउटा जिप आएको देखें ।
हामी तीनजना कुरेर बसेका थियौं । जिप रोकियो । यसो हेरेको जिपभित्र पाइलो राख्ने ठाउँ थिएन ।
चढौं कि नचढौं भनेर दुविधामा परे । गाडी साहुले ल छिटो चढनुहोस भने । तर कसरी चढ्ने ठाउँ नै थिएन । एक मन त नचढौ कि पनि जस्तो लागेको थियो ।
तर समयमै ओखलढुंगा नपुगे रामपुर जाने  गाडी छुट्थ्यो । त्यसैले होस् न त भनेर जिपमा चढें ।
जिप चढेपछि ड्राइभर र साहुबीच थप यात्रु  राख्ने नराख्नेबारे सामान्य छलफल भएको थियो । ड्राइभरले जिपले तान्न सक्दैन कि भनेर बढी आशंका गरेका थिए ।
अगाडिका दुई सिट र त्यसपछिका चारजना अट्ने सिटमा खचाखच मानिस थिए । त्यसपछाडिका सबै सिट निकालेर राखिएका थिए र ब्रोइलर कुखुरा बोक्ने गाडी जस्तो बनाइएको थियो ।
२५ जना यात्रु गाडीमा कुखुराजस्तै गरी कोचिएको थियो । गाडी भने सामान्य गतिमा गुडिरहेको थियो । गाडी अघिपछि जस्तै सामान्य रुपमा नै चलाइएको हुनाले कसैले दुर्घटना हुने भन्ने सोचेकै थिएन ।
अँधेरी नारायणथानको घुम्तीको उकालोमा पुगेपछि जिपले तान्न सकेन ।
जिप विस्तारै पछाडितर सर्न थाल्यो । पछिल्लो भागमा बसेका साहुले चालकलाई राम्ररी केयर गर है भन्दै थिए । त्यत्तिकैमा गाडी पछाडि सरेको सर्‍यै गर्‍यो र पल्टियो ।
म र सानो दुई वर्षको बच्चा रुखको बेदमा बजारिन पुग्यौं । मैले एक हातले रुख र अर्को हातले बच्चा समाते । अन्य घाइते ‘मरें नि आमा’ भनेर चिच्याइरहेका थिए । मलाई एकजना आएर तानेर माथि निकाले । केहीबेरपछि एम्बुलेन्सले म र बच्चालाई मिसन अस्पताल ओखलढुंगा पुर्‍यायो ।
घटनास्थल र अस्पतालमा गरेर ११ जनाको मृत्यु भएछ । मलाई पनि दोस्रो जुनी पाएजस्तै लागेको छ । कालको मुखमा पसेर फर्केर आएजस्तो भा’को छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्