वैद्यले बुद्धनगरबाट विप्लवलाई सम्झाए, ‘एक्लेवीरले क्रान्ति हुँदैन’
Advertise Here Book Now

mohan baidhya 2काठमाण्डु, १३ मंसिर– नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य ‘किरण’ ले पार्टी सम्बन्ध बिच्छेदको पत्र बुझाएर पार्टी छाडेका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले क्रान्तिको नेतृत्व गर्न नसक्ने बताएका छन् ।
विस्तारित केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न पार्टी मुख्यालय बुद्धनगरमा शनिबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले विप्लवलाई ‘एम्लेवीर’ को संज्ञा दिँदै त्यसरी क्रान्ति नहुने बताए ।
उनले चन्दले पार्टीमा हुँदा नेतृत्व कब्जाका लागि बार्गेनिङ गरेको आरोपसमेत लगाए । ‘विप्लवजी नेतृत्व क्षमता भएको मान्छे हो, नेतृत्व नयाँ पुस्ताले नै गर्ने हो’, वैद्यले भने, ‘तर एक्लेवीरले क्रान्ति गर्दैन ।’
उनले सम्बन्ध बिच्छदेको पत्र बुझाएर हिंडेका चन्द आफ्नो पार्टीको सचिव नरहेको जानकारी पनि दिए । अध्यक्ष वैद्यले चन्दले सेक्टर काण्डको प्रसंग उठाउँदै आफूलाई नेतृत्व छाड्न दबाब दिएको खुलासासमेत गरे ।
‘नेतृत्व युवा पुस्तालाई छाड्नु पर्छ भन्ने म नै हुँ तर नेतृत्व गर्नु सजिलो कुरा होइन’, उनले भने, ‘नेतृत्व कसैले माग्दैमा पाउने कुरा होइन ।’ उनले सच्चिएर पुनः पार्टीमा फर्कन चन्दलाई आग्रह गरे ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्