सार्क सम्मेलनमा दिउँसो त्रिभुवन विमानस्थल बन्द हुने
Advertise Here Book Now

mainphoto
  • बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म अरु विमान नआउने

  • दिउँसोको उडान राति

  • २४ सै घण्टा विमानस्थल खोल्ने निर्णय

  • काठमाडौँ : आसन्न सार्क शिखर सम्मेलनका क्रममा पाँच दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो बन्द हुने भएको छ।
     
    आउने सोमबार मंसिर ८ गतेदेखि शुक्रबार मंसिर १२ गतेसम्म सम्मेलनका लागि विशिष्ट अतिथि र प्रतिनिधि मण्डलका सदस्यहरु आउने भएकोले विमानस्थल लगभग बन्द हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक वीरेन्द्रप्रसाद श्रेष्ठले बताए।
     
    'यो अवधिमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म अरु जहाज उडान र अवतरण हुने छैनन्,' श्रेष्ठले पहिलोपोस्टलाई भने, 'ती अवधिमा हुनुपर्ने उडान बेलुका र राति गर्ने गरी मिलाइएको छ।'
     
    उनका अनुसार विमानस्थलका विभिन्न २३७ सरोकारवाला सं‍स्था र निकायसँगको समन्वय र छलफलपछि पाँच दिन २४ सै घण्टा विमानस्थल खोल्ने निर्णय गरिएको छ।
     
    विमानस्थलको सुरक्षा निकायदेखि त्यहाँ रहेका पसलहरु, अध्यागमन, ट्याक्सी आदिले पनि २४ सै घण्टा सेवा दिनेछन्।  
     
    हाल विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म मात्रै सञ्चालन हुन्छ।
     
    श्रेष्ठका अनुसार हाललाई पाँच दिनका लागि मात्र विमानस्थल २४ सै घण्टा खोल्ने निर्णय गरिएको र आवश्यकता अनुसार पछि यो व्यवस्था अरु बेला पनि सुचारु गर्न सकिनेछ।
     

    पाँच दिन सवारी साधनमा नम्बर प्रणाली

    विमानस्थल मात्र नभई सडकमा पनि मंसिर ८ गतेदेखि १२ गतेसम्म जोरबिजोर प्रणाली लागू गरिनेछ।
     
    अर्थात् जोर अङ्कको गतेमा जोर अङ्क नम्बरप्लेटमा भएका सवारी साधन र बिजोर अङ्कको गतेमा बिजोर अङ्कका नम्बरप्लेट भएका सवारी साधन मात्र चल्न दिइनेछ।
     

    पाँच दिन शिक्षण संस्था, दुई दिन सार्वजनिक विदा

    सार्क शिखर सम्मेलनका क्रममा काठमाडौँ उपत्यकामा पाँच दिन विद्यालय, क्याम्पस बन्द हुनेछ भने दुई दिन सार्वजनिक विदा हुनेछ।
     
    गृह मन्त्रालयका अनुसार मंसिर ९ गतेदेखि १२ गतेसम्म शिक्षण संस्था बन्द हुनेछन्। त्यसैगरी मंसिर १० र ११ गते दुई दिन सार्वजनिक विदा हुनेछ। 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्