प्रहरीद्वारा गाँजा फडानी
Advertise Here Book Now



रंजन भण्डारी

ऑनलाइन सिरहा डटकम /
महोत्तरी,कार्तिक ३० गते । जिल्ला प्रहरी कार्यालय महोत्तरीको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत महोत्तरीको भटौलिया गाविस वडा नं. ९ बाट प्रहरीले करिब चार कटठा जग्गामा लगाईराखेको गाँजा नष्ट गरेको छ । जग्गा धनीको नाम अझै खुल्न सकेको छैन भने जग्गा धनीहरु फरार रहेका छन । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक लोकेन्द्र श्रेष्ठका अनुसार गाँजाको खेतीमा मनग्ये आमदानी हुने गरेकोले  किसानहरु त्यसबाट पर्ने नकारात्मक असरबारे जानकारी हुदा पनि गाँजा खेती गर्ने गरेका छन । प्रहरीको अभियान अन्तर्गत जिल्लाका विभिन्न गाविसहरुबाट यस महिनामा विग्हौ जग्गामा लगाई राखेको काचो अवस्थामा लाखौ तर तयार भएछि करोडौ मुल्य पर्ने गाँजा नष्ट गरिसकिएको जनाएका छन ।  प्रहरीले गाँजा फडानी संगै विभिन्न गाविसका विद्यालयहरुमा समेत लागुऔषधबाट पर्ने नकारात्मक प्रभाव वारे सचेतना अभियान चलाईराखेका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्