उपत्यकामा आजदेखि जोर–बिजोर प्रणाली लागू
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम , ८ मंसिर । ट्राफिक प्रहरी महाशाखाले आजदेखि १२ गतेसम्म यातायातका साधनमा ‘जोर–बिजोर प्रण्ाँली’ लागू गरेको छ ।
आजबाटै दुई र चार पाङ्ग्रे यातायातका साधनमा जोर–बिजोर प्रण्ाँली लागू भएको हो । मोटरसाइकल, स्कुटर तथा सबै चार पाङ्ग्रे गाडीहरूमा नम्बर प्लेटको अन्तिम दुई अंकलाई आधार बनाइएको छ ।
राजधानीमा मंसिर ८, १० र १२ गते जोर नम्बरका यातायातका साधन चलाउन पाइनेछ भने ९ र ११ गते बिजोर नम्बरका मात्र सवारी साधन चल्नेछन् । यद्यपि अस्पताल, एम्बुलेन्स, दमकल र शव वाहनमा भने जोर बिजोर लागू हुने छैन ।
पास लिएको सरकारी साधन, कुटनीतिक नियोग, प्रेस र पास लिएका अन्य मिडियाका साधन सुरÔा पास लिएर चलाउन पाउनेछन् । सार्क शिखर सम्मेलन अवधिभर बौद्ध जोरपाटीबाट आउने माइक्रो बस सानो गौचरण्ँसम्म मात्रै चल्नेछ । त्यस्तै बूढानीलकण्ठ र बालाजुतिरबाट आउने माइक्रो तथा बस लैनचौरसम्म मात्र चल्नेछ ।
थानकोटको कलंकीसम्म, दÔिण्ँकालीको कीर्तिपुरसम्म, भक्तपुरको जडिबुटीसम्म मात्रै बस तथा माइक्रो चल्नेछ । त्यस्तै भीभीआइपीहरूको उडान र अवतरण्ँको केही घण्टाअघि र पछिसम्म आन्तरिक उडानहरू बन्द गरिनेछन् ।
विमानस्थलबाट सोल्टी होटलसम्म पुग्ने मूल राजमार्ग लगभग चारै दिन बन्द हुनेछ । सिनामंगल, तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी र सोल्टी होटलसम्म पुग्ने बाटो केहीबेरलाई खुले पनि अधिकांश समय पाहुनाहरूको ओहोर–दोहोरका कारण्ँ बन्द हुनेछ ।
सभागृहमा हुने सार्क शिखर सम्मेलनका लागि आजदेखि नै पुरानो बसपार्क खाली गरिने भएको छ । बसपार्कमा सार्कका पाहुना र सहभागीहरूका सवारी साधन पार्किङ गरिने छ ।

