लाईसेन्स नभएका चलकको लापरवाहीले पैदल यात्रुको
Advertise Here Book Now
ज्यान गयो
ऑनलाइन सिरहा डटकम मंसिर ९ श्रीकान्त झा, रेडियो सौगात लहान सिरहा । सिरहामा चालकको लापरवाहीको कारणले सावारी दुर्घटनामा परी १ जनाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यलय धनगढी सिरहाले दिएको जानकारी अनुसार पूर्व पश्चिम लोकमार्ग र्अतरगत सिरहाको धनगढी २ स्थित पश्चिमबाट पूर्व तर्फ आउदै गरेको स २ प १५८७ नम्बरको मोटरसाईकलले बाटो काटने क्रम्मा पैदल यात्री सिरहा लक्ष्मिपुर २ बस्ने अंदाजी ६० बर्षीय दानी सिंहलाई ठक्कर दिदा गम्भिर घाईते भएको हुदा उपचारको लागी धरान घोपा लादै गर्दा बाटैमा मृत्यु भएको
थियो । ठक्कर दिएका मोटरसाईकल र सिरहा लक्ष्मीनिया ५ वस्ने १५ वाषीय गुमस्ता कुमार यादव प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यलय धनगढीले जानकारी दिएको छ । लाईसेन्स नभएको व्यक्ती यसरी सडकमा खुलियाम सवारी चलाउदा प्रहरी मौन भएर वसेको छ भने दुर्घटना हुदा नियन्त्रणमा लिईरहेको
स्थानिय वासीको भनाई रहेको छ ।


