सुटिङस्थलमै प्रियंका बेहोस
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम मंसिर १० /ओम प्रकाश /भर्खरै ट्वीटरमार्फत फिल्म बाजिराओ मस्तानीको लागि सुटिङ गर्नु एकदमै गाह्रो भएको बताएकी नायिका प्रियंका चोपडा सो फिल्मको सुटिङ स्थलमै 'फैन्ट' भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
समाचारमा जनाइए अनुसार चार पेज लामो एक्लैले बोल्नु पर्ने (मोनोलग) डाइलग बोल्दा बोल्दै उनी बेहोस भएकी थिइन्।
प्रियंका बेहोस भएपछि ६ घण्टासम्म फिल्मको सुटिङ रोकिएको छ भने सुटिङस्थलमै डाक्टर बोलाएर उनको उपचार गरिएको थियो।

