आन्दोलनको तयारीमा जुट्न प्रचण्डको अपिल
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम , १५ कात्तिक । माओवादी अध्यक्ष प्रचण्डले संविधानसभाबाट जनपक्षीय संविधान निर्माणको सम्भावना कमजोर बन्दै गएको भन्दै आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई अपिल गर्नुभएको छ ।
पार्टी सम्वद्ध नेवाः राष्ट्रिय मुक्ति मोर्चाले ललितपुरमा नेपाल संवत ११३५ का अवसरमा शनिबार ललितपुरमा गरेको चियापान कार्यक्रममा प्रचण्डले काँग्रेस एमाले आन्दोलनका उपलब्धी समाप्त पार्ने खेलमा लागेकाले परिवर्तन गुम्न नदिन दबाब आन्दोलनको विकल्प नरहेको बताउनुभयो ।
काँग्रेस एमाले १० वर्षे जनयुद्ध, १९ दिने आन्दोलन, मधेस आन्दोनलन, जनजाति आन्दोलन, महिला र दलित समुदायको आन्दोलनबाट प्राप्त संघीयता र मर्धनिरपेक्षता लगायत उपलब्धी खोस्ने षड्यन्त्रमा लागेकाले जनताले खबरदारी गर्ने बेला आएको उहाँको भनाइ थियो ।
उहाँले आन्दोलनका उपलब्धी खोसिन नदिन उपत्यकाका नेवार समुदाय पनि सचेत हुनुपर्ने औंल्याउनुभयो । ‘कांग्रेस–एमाले पहिला भएका सहमतिहरुलाई उल्ट्याउँदै संघीयता ,धर्मनिरपेक्षता र पहिचानलाई मेट्न लागिपरेका छन्, उहाँले भन्नुभयो, ‘उनीहरुविरुद्ध एकजुट भएर आन्दोलनमा जानुको विकल्प छैन ।’
नेवार समूदाय जस्तो सचेत वर्ग निदाएर बस्ने हो भने प्राप्त उपलब्धी गुम्ने भन्दै प्रचण्डले चनाखो रहन आह्वान गर्नुभयो ।

