सन् २०१५ को अफ्रिकी नेसनको आयोजना अव इक्वाटोरियल गुयनाले गर्ने
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम,२९ कात्तिक । सन् २०१५ को अफ्रिकी नेसन कप फुटवल प्रतियोगिताको आयोजना इक्वाटोरियल गुयनाले गर्ने भएको छ ।
इवोला भाइरसले पश्चिम अफ्रिकामा ५ हजार भन्दा बढी ज्यान गएपछि पहिले आयोजनाको जिम्मा पाएको मोरोक्कोले प्रतियोगिता सार्ने प्रस्ताव गरेपछि अफ्रिकी फुटवल महासंघले गुयनालाई आयोजनाको अधिकार दिएको हो ।
प्रतियोगिता पुर्वनिर्धारित मिति जनवरी १७ देखि ८ फेब्रवरी सम्म चल्ने काफले जनाएको छ । काफका जुनियर विन्यमले प्रतियोगिता गर्ने अधिकार गुयनालाई दिएका पुष्टि गर्दै यसका लागि गुयना सक्षम भएको बताए । शुक्रबार गुयनोका राष्ट्रपति ट्युइरोडो र काफ अध्यक्ष इशा हयातोवीच राजधानी मलाबोमा भएको बार्तापछि काफले यस्तो निर्णय गरेको हो ।
प्रतियोगितालाई विभिन्न ४ शहरमा गर्ने निर्णय पनि भएको छ । गुयनाका प्रमुख चार शहर बाटा, इवेवियन, मोन्गोमो र राजधानी मलाबोमा विभिन्न खेल सञ्चालन हुनेछन् । प्रतियोगितामा विभिन्न १६ देशले प्रतिस्पर्धा गर्दैछन् ।

