कांग्रेसी नेता अमरेश सिंहले अचानक बोली फेरे, गर्दिन-गर्दिन भन्दै चुपचाप गरि हाले हस्ताक्षर
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम कांग्रेस र एमाले लगायतका दलहरुले संबैधानिक राजनीतिक संवाद समितिमा पेश गरेको अबधारणा संविधानसभामा पठाउन समितिका सभापति बाबुराम भट्टराईसमक्ष बुझाएको अनुरोध पत्रमा कांग्रेसका सभासद अमरेशकुमार सिंहले पनि हस्ताक्षर गरेका छन्।
सोमबारको बैठकमा पनि सदस्यहरुबीच समितिको प्रतिवेदन तयार पारी संविधानसभामा पठाउन विषयमा सहमति हुन नसकेपछि समितिमा रहेका कांग्रेस एमालेलगायत केही साना दल र स्वतन्त्र सभासदसहित ४३ जनाको हस्ताक्षर कांग्रेस उपसभापति रामचन्द्र पौडेले पेश गरेका थिए।
समितिका सभापति भट्टराईले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत मधेसवादी दलका नेताहरुको दबाबमा उनीहरुको धारणा समितिको प्रतिवेदनमा समावेश गरी पठाउन तयार नभएपछि सत्तारुढ गठबन्धनले सभापतिलाई नैतिक दबाब दिन समितिका सदस्यहरुको हस्ताक्षर संकलन गरेका थिए।
पार्टी नेतृत्वले समितिमा पेश गरेको अवधारणाको बैधानिकतामाथि प्रश्न उठाउदै केन्द्रीय समिति र संसदीय दलको बैठकमा छलफल र अनुमोदन नभएको र यसले आन्दोलनका सहयात्रीबीचको सहमतिको यात्रामा बाधा खडा गरेको भन्दै कांग्रेस सभासद अमरेश सिंहले आफूले कुनैपनि हालतमा उक्त प्रस्तावको पक्षमा हस्ताक्षर नगर्ने बताउदै आएका थिए। यतिमात्र न भई आफुलाई ठूलो मधेशवादी देखाउन उनले मिडियाको पनि दुरुपयोग गरेका थिए.
सिंहले हस्ताक्षर नगरेको भन्दै मधेशका नागरिक समाजका अगुवाहरु समेतले सामाजिक संजालमा उनको यस कदमको सराहना गर्दै बधाई सम्म दिन भ्याएका थिए. आज बिहान सभासद तेजूलाल चौधरीको एक स्कुलमा उनले आफैले पनि कुनैपनि हालतमा हस्ताक्षर नगर्ने बताउँदै आएका थिए.
तर, अमरेशको भेला चल्दै गर्दा सिटौलाको कानमा भेलाकै सहभागीहरुले खबर दिइसकेका थिए। भेला सकेर अमरेश सिंह सिंहदरबार स्थित संसद सचिवालय आइपुगे। उनलाई सिटौलाले नेम्वाङको चेम्बरभित्रको बेग्लै कक्षमा बोलाए।संवाद समितिका अर्का सदस्य पूर्णबहादुर खड्का सहितका केही नेता त्यहाँ थिए। स्रोतका अनुसार त्यहाँ सिटौलाले अमरेशलाई सम्झाइ बुझाइ गरेका थिए। नमानेपछि सिटौलाले हप्काएका पनि थिए।
स्रोतका अनुसार नेम्वाङको भित्री चेम्बरमा अमरेश र सिटौलाबीच निकै बेर भनाभन परेको थियो। सिटौलालाई देखाइदिने भन्दै अमरेश बाहिरिएका थिए।
अमरेशले सिटौलालाई ‘देखाइ’दिनु अगाडि नै अमरेशलाई एउटा फोन आएको थियो। संवाद समितिको वैठक आधा घन्टाका लागि स्थगित हुने बेला अमरेश फोनमा हेल्लो भन्दै वैठकबाट बाहिरिएका थिए। सो फोनवार्ता लगत्तै अमरेश यति ठण्डा भए कि उनी आफ्नो पार्टीको साझा प्रस्तावमा हस्ताक्षर गर्न तयार भए।
आधा घन्टाका स्थगित भनिए पनि डेढ घन्टा पछि सुरु भएको वैठकमा अमरेशको हस्ताक्षर साझा प्रस्तावमा परेको मात्र थिएन, उनी साझ प्रस्तावको पक्षमा बाबुरामसँग भनाभन गर्ने स्थितिमा समेत पुगिसकेका थिए।
मधेश खबरले यस बारे प्रतिक्रया लिंदा सिंहले आफूले सहमतिको लागि हस्ताक्षर गरेको बताए। आफूले शान्ति प्रक्रियादेखि संविधान निर्माणसम्म आन्दोलनका प्रमुख शक्तिबीच सहमति कायम गरी अगाडि बढ्नु पर्छ भन्दै आएकोले अहिले पनि बहुमत वा अल्पमतका आधारमा संविधान निर्माण गर्न हुदैन भन्नेमा अडिग भएको बताए।
मैले सहमतिका लागि नेताहरुसँगको कुराकानी पछि साँझ ५ बजे हस्ताक्षर गरेको थिए, उनले भने ‘सहमति हुने वातावरण विथोल्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बहुमतको आधारमा प्रस्ताव अघि बढाउन हस्ताक्षर बुझाएकोमा मेरो असहमति कायम नै रहेको जानकारी पत्र बैठक पछि सभापति भट्टराईलाई बुझाएको छु।’
उनले भट्टराईलाई दिएको पत्रमा आफ्नो हस्ताक्षर समितिमा बहुमत वा अल्पमतका लागि प्रयोग नगर्न आग्रह गरेको बताए।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्