आफ्नो ड्रेसमा आफैँ झुक्किन्छन् प्रहरी
Advertise Here Book Now

कार्तिक-१९, काठमाडौं ।
प्रहरी प्रधान कार्यालयले कार्यक्षेत्रमा खटिदा लगाउने टाटेपाटे चुस्ता फेर्दै गाढा निलो ड्रेस शुरु गरेको १ महिना पुग्न लाग्दा प्रहरी नै आफ्नै पोशाकप्रति अभ्यस्त हुन सकेका छैनन्। सैनिक र अर्धसैनिक प्रकृतिको सुरक्षा संगठनले प्रयोग गर्ने टाटोपाटे चुस्ता हटाउँदै प्रहरीले ५९ औं प्रहरी दिवस पारेर कात्तिक १ गतेबाट उपत्यकाका ५ हजार प्रहरीबाट गाढा निलो रंगको ड्रेस कार्यान्वयनमा ल्याएको थियो।
पुरानै ड्रेसमा अध्यस्त भएका सर्वसाधारणले नयाँ पोशाक लगाएका प्रहरीलाई नचिनेर रेस्पोन्स नगर्ने समस्या उस्तै छ। नयाँ पोशाक लगाएर कार्यक्षेत्रमा खटिने प्रहरी आफै समेत नयाँ पोशाकमा अभ्यस्त देखिएनन्। पहिला ड्रेस देखेकै भरमा सर्वसाधारणले रेस्पोन्स गर्थे, अहिले प्रहरी हौं भन्दा पनि पत्याउँदैनन् दरवारमार्गमा भेटिएका एक प्रहरीले भनेु उनीहरु एकैछिन घोरिएर हेर्छन् अनी नयाँ ड्रेस होे भन्दा पनि अनौठो गरी हेर्छन ।

प्रहरीले चुस्ताको स्थानमा अहिले जुन पोशाक लगाएको छ त्यो नयाँ भने हैन । २०४६ को जनआन्दोलनको सफलतासँगै प्रहरीले आफ्नो खैरो रंगको पोशाक फेर्दै कार्यालयको काममा आकाशे कलरको सर्ट र निलो पाइन्ट र कार्यक्षेत्रमा खटिँदा गाढा निलो रंगको नयाँ ड्रेस प्रचलनमा ल्याएको थियो ।

२०५८ सम्म प्रहरीले गाढा निलो रंगकै पोशाक लगाउँदै आएको थियो । माओवादी द्धन्द्धमा सेना र सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी समेत संयुक्त रुपमा खटिने भएपछि प्रहरीले निलोको साटो गाढा निलोमा हल्का आकाशे रंग मिसिएको चुस्ता प्रयोगमा ल्याएका थिए ।

प्रहरी प्रवक्ता माधव जोशीका अनुसार चुस्ता प्रयोगमा आएपछि गाढा निलो ड्रेसको प्रयोग घट्दै गयो । प्रयोगमै नआएपछि प्रधान कार्यालयले समेत निलो कपडा किन्न छाड्यो । द्धन्द्धको समाप्तीपछि पनि कार्यक्षेत्रमा खटिने प्रहरीले टाटेपाटे चुस्ताकै प्रयोग गरे । तालिमे प्रहरीले भने यही गाढा निलोनै लगाउँदै आएका थिए ।

नागरिकसँग घुलमिल भएर काम गर्नुपर्ने प्रहरी संगठनले सकेसम्म टाटोपाटे चुस्ताको प्रयोगै नगर्ने भएकाले टाटेपाटे चुस्ताको साटो गाढा निलो प्रयोगमा ल्याएको प्रहरी प्रवक्ता माधव जोशीले बताए। चुस्ताको स्थानमा अहिले प्रयोग गरिएको कलर पुरानै हो डिआइजी जोशीले भनेु २०४६ पनि नै यो प्रयोगमा थियो, पछि चुस्ता थपिएको मात्रै हो।

नेपाल प्रहरीले प्रयोग गर्ने चुस्ता र सशस्त्र प्रहरीको चुस्ता उस्तै देखिँदा समेत समस्या बढेको थियो। प्रहरीको गाढा निलोमा आकाशेरंगको टाटो भएको चुस्ता र सशस्त्रको निलो र खैरो छ्यासमिसे रंगको चुस्तामा सर्वसाधारण झुक्किनेक्रम बढेपछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले २०६९ मा नेपाल प्रहरीको चुस्ता बदल्ने निर्णय गरेको थियो ।

२ वर्ष अगाडि निर्णय आए पनि कपडाको वजेट अनुसार पुरानै चुस्ता किनिएकाले प्रधान कार्यालयले २०७१ बाट मात्रै सो निर्णय कार्यान्वयमा ल्यायो। नागरिक दैनिक


Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्