गुडिरहेका बसमा करेन्ट लाग्दा चार को मृत्यु
Advertise Here Book Now

६ पुस, काठमाडौं । सिन्धुपाल्चोकको बराम्चीमा यात्रुबाहक बसभित्र करेन्ट प्रवाह हुँदा कम्तिमा चारजनाको घटनास्थलमै मृत्यु भएको छ ।

बराम्ची दुईको सडकमा गुडिरहेको बसमा एक्कासी करेन्ट लाग्दा थप २० जना घाइते भएको प्रहरीले जनाउको छ ।
काठमाडौंबाट सिन्धुपाल्चोकको कात्तिके जादै गरेको ना २ ख २७०२ नम्बरको बसमा विद्युत तार झरेर करेन्ट लागेको अनुमान छ ।
घटनास्थलमा प्रहरी पुग्दै गरेकाले थप विवरण आउन बाँकी रहेको सिन्धुपाल्चोकबाट पत्रकार नानीराम नेपालले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्