मधेशी बिद्यार्थी अभियान गठन ।
Advertise Here Book Now
राम नारायण पंडित, सिरहा ०६ पौष ।तराई मधेश राष्ट्रिय अभियानको भातृ संगठन मधेशी बिद्यार्थी अभियानको आइतबार सिरहा जिल्ला कार्य समिति गठन गरिएको छ । सरोज कुमार यादबको अध्यक्षतामा २० सदस्यीय सिरहा कार्य समिति गठन गरिएको हो । अभियानका सदस्यहरुमा दयानन्द यादव, सुख सागर साह, सचिन्द्र चौधरी, दिपेन्द्र कुमार साह, दुर्गा कुमार साह, आनन्द कुमार यादब, विक्रम साह, सचिन कुमार कर्ण, आशाराम यादब लगायतका रहेका तराई मधेश राष्ट्रिय अभियानको सिरहा जिल्ला संयोजक राम शंकर यादबद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

