अलकायदाले पशुपतिमा बम पड्काउने हल्ला गर्दै हिंडेका भारती पक्राउ
Advertise Here Book Now
काठमाण्डु, २८ मंसिर– अलकायदाले नेपालको पशुपतिनाथ मन्दिरमा बम विस्फोट गराउन लागेको भन्ने हल्ला चलाउने एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २६ वर्षीय रोशन भारती रहेको प्रहरीले जनाएको छ ।
पेशाले सफ्टवेयर इन्जिनियर उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले राजधानीबाट पक्राउ गरेको हो ।
पेशाले सफ्टवेयर इन्जिनियर उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले राजधानीबाट पक्राउ गरेको हो ।
भारती आतंकवादी संगठनले पशुपतिनाथमा बम पड्काउन आफूलाई अफर गरेको दाबी गर्दै सञ्चार माध्यममा अन्तर्वार्ता समेत दिएका थिए ।
उनले इमेल ह्याक गरेर पशुपतिनाथमा डिसेम्बर ६ तारिखमा बम बिस्फोट गराउने तयारी भएको बताएका थिए ।
भारतीलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको अपराध महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक पुस्कर कार्कीले जानकारी दिए ।

