राष्ट्रपति रामवरण यादव"'तराईलाई बर्बाद हुनबाट जोगाउनुस'"
Advertise Here Book Now
चुरे संरक्षणमा राष्ट्रपतिको जोड
राष्ट्रपति तराईमधेस चुरे संरक्षण विकास समितिले आयोजना गरेको 'राष्ट्रपति चुरे संरक्षण योजना’ अवलोकन कार्यक्रममा बिहीवार तरेगना गोबिन्दपुर आइपुगेका राष्ट्रपति डा. रामबरण यादवलाई बृक्षा रोपन भएको बारे जिल्ला बन कार्यालयका कर्मचारीले जानकारी गराउदै । सिरहा मंसिर १८ - राष्ट्रपति रामवरण यादवले चरे क्षेत्रमा बढेको बिनाशबारे स्थलगत जानकारी लिंदै संरक्षणमा जोड दिएका छन् । यादवले बिहीबार बारा, रौतहट र सिरहामा चुरे क्षेत्रको अवस्था बारे जानकारी लिएका छन् । चुरे विनासले पुर्याएको असर बारे सचेत गराउँदै उनले स्थानीयलाई चुरे संरक्षणमा सक्रिय योगदानका लागि आग्रह गरेका छन् ।सिरहाको तेरगना गोबिन्दपुरका स्थानीयलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले चुरेलाई जोगाउन नसके तराई मरुभूमिमा परिणत हुने चिन्ता व्यक्त गरे । उनले बेलैमा सचेत नभए हरियो मैदानमा गाई भैंसी चराउने तराईवासीले ऊट पाल्नुपर्ने अवस्था आउने तर्फ सजग गराए ।'अहिले आफ्ना छोराछोरीलाई गाईभैंसीको दुध खुवाउने तराईबासीले ऊटको दुध खुवाउन बाध्य हुनु पर्नेछ,' उनले भने- 'अहिलेकै गतिमा चुरे उजाड भइरहने हो भने २१ देखि ३१ बर्षपछि तराई मरुभूमिमा परिणत हुने विज्ञहरुको भनाइ छ ।' राष्ट्रपति तराई मधेस चुरे संरक्षण विकास समितिले कार्यक्रमको आयोजना गरेको थियो ।चुरेमा निन्तर बढेको विनाशप्रति चिन्ता व्यक्त गर्दै उनले त्यसको असर तराईका जिल्लाहरुमा परेको बताए । '२०३६ सालमा जनकपुरस्थित मेरो आँगनमा ४० फिटमा जडान गरेको ट्युवेलमा पानी आउँथ्यो । अबिले १ सय ८० फिट गर्नुपरेको छ,' उनले भने-'चुरेको विनाशले जमीन मुनीको पानीको सतह भासिदै गएको छ । तराईका जिल्लामा पानी, दुधदही, माछाा, काठ, दाउरा र धानको अभाव हुन थालिसकेको छ ।' उनले पहिले पानी परेपछि आउने बाढीले क्षति नगर्ने तर अहिले ठूलो क्षति हुन थालेको भन्दै उनले तराई बर्बाद हुनबाट जोगाउन सबैलाई चुरे संरक्षणमा जुट्न आग्रह गरे ।त्यसअघि रौतहटको जुडिबेलामा स्थानीयसँग अन्तक्रिर्या गर्दै उनले चेरेक्षेत्रको संरक्षण र विकासमा लाग्न स्थानियलाई आग्रह गरे । 'तपाईहरुले थाल्ने विकासको काममा म साथ दिन्छु,' उनले स्थानीयसँग भने-' चुरेलाई बचाउनु सबैक्षेत्रबाट सहयोग हुनु पर्छ ।' चाँदी नदीको बगरमा जिल्ला वन तथा भूसंरक्षण कार्यालयले चुरेमा भएको विनाश र संरक्षणको प्रयास बारे राष्ट्रपति यादवलाई तस्विर देखाएर जानकारी गराएको थियो ।बाराको अमलेखगञ्जस्थित दुधौरा खोला आसपासमा गरिएका चुरे संरक्षणका कार्यहरु अवलोकनपछि राष्ट्रपति यादवले चुरे संरक्षणबारे यस क्षेत्रका जिम्मेवार जनप्रतिनिधिहरुले आवाज नउठाएकोमा आफूलाई चिन्ता लागेको उनले बताए । 'सभासद तथा मन्त्रीहरुले नबुझेका हुन् वा बुझेर पनि बुझ्न नचाहेका हुन् । चुरे संरक्षणबारे यहाँबाट प्रतिनिधित्व गर्ने सभासद्हरुले संसदमा संरक्षणको पाटोमा आवाज नउठाएकोमा चिन्तित छु,' उनले भने, 'सबैले संरक्षण गरे दिगो हुन्छ ।' उनले तराई मधेशका उर्वर भूमिलाई जोगाउन चुरे संरक्षणबारे सञ्चारकर्मीलाई कलम चलाउन उनले आग्रह गरे ।


