फेरी अर्को दुर्घटना
Advertise Here Book Now
वनभोज हिडेका १६ यात्रु घाईतेसुनसरी, २८ मंसिर (साक्षी)– जिल्लाको पकलीबाट इलामको कन्यामतर्फ
वनभोजका लागि जाँदै गरेको बस आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत
झापाको शिव सताक्षी नगरपालिका–७ मा दुर्घटना हुँदा १६ जना घाइते
भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना. ५ ख. १९९७ नम्बरको बसको
अगाडिको टायर पड्कँदा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले
जनाएको छ । घाइते केहीको बिर्तामोडस्थित कञ्चनजंघा अस्पताल र
केहीको स्थानीय पुनःजीवन हेल्थ केयर सेन्टर झिलझिलेमा उपचार
भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

