दुईतिहाइ बहुमत जुटिसक्यो , रक्तपातको धम्की नदेऊ: ओली
Advertise Here Book Now
झापा , पुस १६ -एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वनिर्धारित ८ माघमा संविधान जारी गर्न दुईतिहाइ बहुमत जुटिसकेको बताएका छन् । उनले कसैले धम्की दिएका भरमा संविधान निर्माण प्रक्रिया नबिथोलिने जिकिर गरे ।
मंगलबार एमाले झापाको जिल्ला प्रतिनिधि परिषद्को बैठक उद्घाटन गरेका ओलीले अधिकांश समय एमाओवादीको आलोचनामा खर्चिए । आफूहरूको सहमतिविना संविधान जारी भए मुलुकमा रक्तपात हुने एमाओवादी नेताका अभिव्यक्तिप्रति टिप्पणी गर्दै एमाले नेता ओलीले भने, ‘यो धम्कीलाई टेर्नु र पत्याउनुपर्ने कुनै कारण छैन, सक्छौ भने ब्लड डोनेसन गर, रक्तपातको धम्की नदेऊ ।’ ओलीले मुलुकलाई राजनीतिक निकास दिएर विकासको बाटो समात्न एमाओवादीको अर्घेल्याइँ बाधक भएको टिप्पणी गरे ।
ओलीले दुईतिहाइ बहुमतबाटै भए पनि संविधान ल्याइछाड्ने जिकिर गरे । ‘संविधान जारी गर्न चाहिने दुईतिहाइ सभासद् नपुग्लान् भन्ने चिन्ता अब रहेन,’ अध्यक्ष ओलीले भने, ‘कुनै प्रलयले ८ माघमा संविधान जारी गर्न रोकिँदैन ।’
एमाओवादीलाई सहमतिमा ल्याउन पटक–पटक भएका प्रयासबाट असफलता मात्रै हात लागेको भन्दै ओलीले विधि र प्रक्रियामा जानुको विकल्प नभएको दोहोर्याए ।
‘हामी चाहन्छौँ, माओवादी र मधेसी पनि सहमतिमा आऊन्,’ उनले भने, ‘आन्दोलनका लागि मोर्चाबन्दी गरेर संविधान जारी हुन नदिने प्रयास भइरहेको जनताले थाहा पाइसकेका छन् ।’
झन्डै ४५ मिनेट लामो सम्बोधनका क्रममा पटक–पटक माओवादीको हठ र असहयोगका बाबजुद संविधान जारी गर्ने तयारी भएको ओलीले बताए । उनले एमाओवादीको स्वेच्छाचारितामा मुलुक बन्धक बन्न नसक्ने जिकिर गरे, नयाँ पत्रिका दैनिकमा खबर छ ।
मंगलबार एमाले झापाको जिल्ला प्रतिनिधि परिषद्को बैठक उद्घाटन गरेका ओलीले अधिकांश समय एमाओवादीको आलोचनामा खर्चिए । आफूहरूको सहमतिविना संविधान जारी भए मुलुकमा रक्तपात हुने एमाओवादी नेताका अभिव्यक्तिप्रति टिप्पणी गर्दै एमाले नेता ओलीले भने, ‘यो धम्कीलाई टेर्नु र पत्याउनुपर्ने कुनै कारण छैन, सक्छौ भने ब्लड डोनेसन गर, रक्तपातको धम्की नदेऊ ।’ ओलीले मुलुकलाई राजनीतिक निकास दिएर विकासको बाटो समात्न एमाओवादीको अर्घेल्याइँ बाधक भएको टिप्पणी गरे ।ओलीले दुईतिहाइ बहुमतबाटै भए पनि संविधान ल्याइछाड्ने जिकिर गरे । ‘संविधान जारी गर्न चाहिने दुईतिहाइ सभासद् नपुग्लान् भन्ने चिन्ता अब रहेन,’ अध्यक्ष ओलीले भने, ‘कुनै प्रलयले ८ माघमा संविधान जारी गर्न रोकिँदैन ।’