बीच सडकमा तीन जनाको टाउको काटियो (फोटोफिचर सहित)
Advertise Here Book Now

crime in israilहत्या हिसांको प्रकरणमा इराकमा भएका विभिन्न घटना हामीले सुन्दै आएका छौँ । इराकमा धर्मका कुरा लिएर बढि आतंक हुने गरेको छ । इराक को अनबर प्रान्तमा १५० जना सुन्नी जनजातिको निर्ममता पुर्वक हत्या गरेको इस्लामिक स्टेट “आईएसआईएस”ले फेरी तीन सिरियाली नागरिकको शीर काटेर हत्या गरेको छ । आईएसआईएसको ठहरमा इस्लाम जातिका भगवान अल्लाह को अपमान गरेको र जादू/टुना गरेकोमा उनीहरुको शिरलाई शरीरबाट अलग गरि सजाए दिइएको हो  । यस आतंकवादी समुहले सिरियाको एक सहर रक्कामा सबैका सामु बीच सडकमा ति तीन सिरियाली नागरिकको शीर काटेर हत्या गरेको थियो आईएसआईएसले त्यसरी टाउको काटेको तस्वीर पनि सार्वजनिक गरेको छ । आतंकसम्बन्धी तालिम दिनका लागि सिरियामा ‘ओसामा बिन लादेन स्कुल’ खोलेको आईएसआईएसले सार्वजनिक गरेको सो तस्वीरमा बीच सडकमा टाउको काट्न लागेको देख्न सकिन्छ । जहाँ आसपास थुप्रै मानिसहरुको घुँइचो समेत देखिन्छ ।सबै पीडितको आँखामा पट्टी बाँधिएको र हात बाँधिएको छ भने लाउडस्पिकरमा उनहरुको अपराध भनेर समेत सुनाइएको अन्तर्राष्ट्रिय समाचारसंस्थाहरुले जनाएका छन् । crime

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्