‘मधेशी–आदिवासी बाँदर भए केपी ओलीलाई टोक्छौं’–बाबुराम
Advertise Here Book Now
ओलीको टिप्पणीको प्रतिकार गर्दै एमाओवादी नेता भट्टराईले भने ‘मधेशी–आदिवासी बाँदर भए केपी ओलीलाई टोक्छौं जसको उपचार ओलीले पाउने छैन ।’
प्रतिपक्षी मोर्चाले मंगलबार गरेको बन्दका क्रममा नयाँ बानेश्वरमा आयोजित कोण सभामा बोल्दै भट्टराईले ओली नयाँ राजाको अवतार रहेको बताए ।
सभामा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र नारायण देवले पनि एमाले नेताहरुको प्रतिवाद गरेका थिए ।
उक्त कोणसभामा संविधानसभामा विरोध प्रर्दशन गरी बाहिरिएका करिब दुई सय सभासद्हरुको सहभागिता रहेको थियो ।
संविधानसभाबाट कोणसभामा आउने क्रममा एमाओवादी नेता जर्नाधन शर्मा घाइते भएका छन् ।
-हुलाकी न्यूज

