वीरगंजको माइस्थान चौकमा पुस २४ गते बिहिबार डा. सिके राउतले सम्बोधन गर्ने
Advertise Here Book Now
वीरगंज ,पुस १८ ,राकेश साह// स्वतन्त्र मधेश गठबन्धनका अभियन्ता एवं संयोजक डा. सिके राउतले वीरगंजको माइस्थान चौकमा पुस २४ बिहिबारका दिन जनसम्बोधन गर्ने भएका छन् । मधेसको एतिहासिक नगरी एवं नेपालको आर्थिक राजधानिको रुपमा चिनिने वीरगंजमा पुस २४ गते आफनो १० औ आमसभा बिहिबार गर्ने भएको जानकारी कार्यक्रम संयोजक सरोज कर्णले बताए ।डा. सिके राउत बचाउ संर्घष समिती पर्साको आयोजना गर्ने आम सभा निर्धारित समयमा हुने र सो सभामा उपस्थित हुन सम्पुर्ण मधेसप्रेमी जनता,नागरिक समाज,बुद्धिजिवी ,सञ्चारकर्मी , बिद्यार्थीहरुलाई आग्रह समेत गरिएको छ । सभामा गठबन्धनका अगुवा नेता डा. सिके राउत , कैलाश महतो ,चन्दन सिंह, मधेसी पत्रकास समाज अध्यक्ष संतोष पटेल , संर्घष समिती वीरगंजका संयोजक राजेश यादव, जेपी यादव , अजय पटेल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनसम्बोधन सभालाई व्यवस्थित रुपमा गर्नकालागि ३ वटा उपसमितीहरु गठन गरिएको छ । ३० सदस्ययी मुल आयोजक समितीको संयोजक रामेश्वर साह रहेका छन । मधेशमाथि जारी विभेद अन्त्यको एक मात्र उपाय स्वतन्त्र मधेश रहेको राउतको धारणा रहेको छ ।
