बम बनाउने ५० किलो गन्धकसहित भारतीय युवक पक्राउ
Advertise Here Book Now
पर्सा, १५ माघ – बम लगायतका विष्फोटक पदार्थ बनाउन प्रयोग हुने गन्धक ५० किलोग्राम सहित एक युवक वीरगञ्जबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल पर्साको टोलीले भारतको चम्पारण पन्टुका राजीव साहलाई पक्राउ गरेको हो । वीरगञ्ज उपमहानगरपालिका २८ स्थित छोटी भन्सार कार्यालयको बाटो हुँदै उक्त गन्धक नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा एपीएफ टोलीले पक्राउ गरेको हो । उनले साइकलको पछाडि क्यारियरमा सेतो बोरामा गन्धक राखेर ल्याएका थिए । सशस्त्र प्रहरीका अनुसार साहले गन्धकलाई मल बताउँदै झुक्याएर नेपाल भित्र्याउन खोजेका थिए । गन्धक उच्च स्तरको विष्फोटक पदार्थ बनाउन प्रयोग हुने कच्चा सामाग्री हो । पक्राउ परेका साहलाई बरामद गन्धकसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाइएको छ । 
