कक्षा ११ को परीक्षाफल आज
Advertise Here Book Now
परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले सवै तयारी पूरा भइसकेकोले आज दिउसो परीक्षाफल सार्वजनिक गर्ने जानकारी गराए । उनका अनुसार सोमबार परिषद्को बोर्ड बैठक डाकेर परीक्षा सार्वजनिक गर्ने कायक्रम रहेको छ ।
परिषद्ले विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा सवै संंकायको एकैपटक परीक्षाफल सार्वजनिक गर्न थालेको हो । परीक्षा संचालन भएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यक्रम भए पनि परिषद्ले ९ महिनापछि परीक्षाफल सार्वजनिक गर्न थालेको हो । कक्षा ११ को परीक्षा बैशाखको अन्तिमदेखि सुरू भएको थियो ।

