सिकार खेल्न नेपाल आउँदैछन् साउदी राजकुमार
Advertise Here Book Now
काठमाडौ, माघ २९ – साउदी अरबका राजकुमार अल–वालिद बिन तलाल बिन अब्दुल अजिज अल साउद शिकार खेल्न नेपाल आउने भएका छन् ।विश्वका उच्च ओहदाका व्यक्तिलाई सिकार गराउँदै आएको ‘नेपाल वाईल्डलाईफ सफारी’मार्फत् राजकुमार तलाल ढोरपाटन शिकार आरक्षमा नाउर र झारलको शिकार गर्न आउन लागेका हुन् ।
चार वर्ष अघि नेपाल आएका बेला उनले सिकारमा रुची देखाएका थिए । सौखिन तलालले ढोरपाटनको लेकमा एउटा नाउर र एउटा झारल सिकार गर्नेछन् ।
सिकारका लागि आवश्यक हतियार र खरखजाना उनैले ल्याउनेछन् ।
यसै वर्षभित्र आउने तयारी भए पनि माघ ९ मा काका साउदी राजा अब्दुल्लाह बिन अब्दुल अजिजको निधनका कारण भ्रमण पर धकेलिएको उनलाई सिकार गराउन नेपाल ल्याउन जुटेको कम्पनीका अधिकारीले बताए ।
तलाल तत्कालिन राजा अब्दुल्लाहका भतिज र साउदीका संस्थापक राजा इब्न साउदका नाती हुन् । उनी चर्चित व्यापारीसमेत हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

