रुपन्देहीको गँजेडीबाट ३१ किलो चरेस सहित एक व्यक्ति पक्राउ १
Advertise Here Book Now


 रुपन्देही, २०७१ माघ २३ ।
  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ३१ किलो चरेस सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । रुपन्देही जिल्लाको गजेडी वडा नं। ९ बस्ने २८ बर्षिय प्रकाश मल्लाहलाई प्रहरीले उक्त चरेस सहित पक्राउ गरेको हो ।
काठको मिस्त्री हुँ भन्ने मल्लाहलाई प्रहरीले रुपन्देहीको गजेडीबाट विहान ६ बजे पक्राउ गरेको हो । सूर्यपुरा क्षेत्रमा लागु औषध चरेस भण्डारण गरी विक्रि वितरण गरेको विशेष सुचनाको आधारमा प्रहरीको विशेष अप्रेशन टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई गजेडी गाविस वडा नं। ९ कटैया स्थित विश्वना केवटको झुपडी नजिकको खलियानमा विक्रि गर्ने उद्देश्यले राखिएको चरेस सहित पक्राउ गरिएको हो । प्रहरीले उनको साथबाट लु ५ प २९३७ नम्बारको मोटरसाईकल समेत बरामद गरेको छ । चरेस जुटको बोरामा ३० पोका लुकाई राखिएको थियो ।
बरामद भएको चरेस भैरहवाको बजार मूल्य अनुसार ६ लाख १० हजार रुपैया बराबरको छ ।भारतसग सीमा जोडिएको क्षेत्रमा प्रति केजी २० हजार रुपैयामा चरेस विक्रि हुने गरेको प्रहरीको भनाइ छ । सोही चरेस भारतमा प्रतिकेजी ६० हजार रुपैयामा र युरोपेली देशमा १० हजार युएस डलरमा विक्रि वितरण हुने बताइएको छ ।
प्रहरीले यसमा अन्य पनि संलग्न हुन सक्ने भन्दै खोजी कार्यलाई तिब्र बनाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र ढकालले जानकारी दिए ।

धौलाश्री.com

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्