विगतका सम्झौता कार्यान्वयन गर्न पूर्वराजा ज्ञानेन्द्रको माग
Advertise Here Book Now

Ex-king-Gyanendra-shahएमाओवादी लगायतका विपक्षी मोर्चा लगाएतका आदिवासी जनजातिले सरकारसँग विगतका सम्झौता कार्यान्वयन गर्न माग गरिरहेकै बेला पूर्वराजा ज्ञानेन्द्र साहले पनि आफूसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न माग माग गर्नुभएको छ ।
तत्कालीन राजनीतिक दलहरु लगाएत आफुसँग जेजति सहमति, समझदारी एवं व्यवस्थापकीय गतिविधि भएका थिए तिनको स्मरण र अनुशरण गर्दै त्यसलाई सही रुपले कार्यान्वयनमा ल्उाउन हाँले माग गर्नुभएको हो । मूलूकलाई दिगो शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पुनित दिवसको सार्थकता रहन्छ उहाँले भन्नुभयो ।
पूर्वराजा ज्ञानेन्द्रले आफूसँग दलहरुको के सहमति भएको  भन्ने बारेमा केहि खुलाउनु भएको पाइदैन । यधपि उहाँले आफूसँग भएका ती सहमति र समझदारीलाई कार्यान्वयन गराउन पर्ने माग राख्नु भएको छ ।
फागुन ७ को प्रजातन्त्र दिवसका सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्रले विगतको गोप्य सहमति स्मरण गर्दै प्रष्टरुपमा भन्नुभएको हो।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्