५० रुपैयाँ दिएर फकाई बालिकालाई करणी गर्ने पक्राउ
Advertise Here Book Now
रौतहटमा एक दलित बालिकालाई जबरदस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आफनै छिमेककी १० बर्षिया बालिकालाई जबरदस्ती करणी गरेको आरोप स्थानिय कटहरीया ८ का ५० बर्षिय बनारसी महरा चमारलाई गत राती प्रहरीले पक्राउ गरेको हो ।
घरबाट केही पर गोठमा करणी गर्दा पिडित नाबालिकाको आवाज सुनेर स्थानियले दिएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कटहरीयाका सइ रामबहादुर कुश्वाहाको नेतृत्वमा गएको टोलीले शुक्रवार राती ११ बजे बनारसीलाई घटनास्थलबाटै पक्राउ गरेको हो ।
आरोपी चमारले बालिकालाई ५० रुपैयाँ दिएर ललाई फकाई करणी गरेको बताएका छन् । यसअघि पनि पटक पटक फकाएर करणीगर्दै आएको आरोपीले प्रहरीसमक्ष स्वीकारेका छन् । पिडित नाबालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रपुरमा स्वास्थ्य परिक्षण भइसकेको तथा आरोपी नियन्त्रणमा रही आवश्यक अनुसंधान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक प्रतित सिंह राठौरले बताएका छन् ।