सप्तरीको मालपोतमा रु ५० हजार घुस सहित ना.सु साह पक्राउ
Advertise Here Book Now
अरुण कुमार यादव
राजविराज १५ फागुन । सेवाग्रहिबाट घुस लिदै गरेको जिल्ला मालपोत कार्यालय
सप्तरीको नायव सुब्बा राजेन्द्र प्रसाद साहलाई अख्तियारको एक टोलीले रु ५०
हजार सहित रंगेहात आज पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय ईटहरी बाट खटिएको
टोलिले गोप्य सूचनाको अधारमा मालपोत कार्यालयमा विवादित जग्गा पास गराई
दिने भन्दै राजविराज ५ का अम्बर यादव संग घुस लिई रहेको बेला पक्राउ
गरिएको बताइएको छ ।
पक्राउ गरिएका साहलाईृ अनुसन्धानका लागी अख्तियार दुरुपयोग अनुसन्धान आयोग
क्षेत्रिय कार्यालय ईटहरी पठाइएको मालपोतले जनाएको छ ।

